काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला ५ सय रूपैयाँ बढेर १ लाख ७१ हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार १ हजार रुपैयाँले घटेको हो।
यसअघि गएको कात्तिक १५ गते पनि सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँको उच्च बिन्दुमा पुगेको थियो। गएको मंसिरमा सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।