काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सुनले गएको कात्तिकमा पुगेको उच्च बिन्दुकै मूल्यलाई भेटेको छ।
बुधबारको तुलनामा आज बिहीबार सुनमा प्रतितोला ५ सय रूपैयाँ र चाँदीमा १० रूपैयाँ वृद्धि भएको छ।
बुधबार १ लाख ७० हजार ५ सय रूपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आज बिहीबारका निम्ति १ लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि गएको कात्तिक १५ गते पनि सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँको उच्च बिन्दुमा पुगेको थियो। गएको मंसिरमा सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो।
यसैगरी बुधबार १ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भएको एक तोला चाँदीको मूल्य बिहीबार १ हजार ९ सय ९५ रूपैयाँ कायम भएको छ।