शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य लगातार उकालो, बुधबार प्रतितोला ११ सय रूपैयाँले बढ्यो

बुधबार, फागुन ७ २०८१
सुनको मूल्य लगातार उकालो, बुधबार प्रतितोला ११ सय रूपैयाँले बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला ११ सय रूपैयाँले वृद्धि हुँदा चाँदी पनि प्रतितोला १५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- यो साता आइतबार घटेर सोमबार र मंगलबार बढेको सुनको मूल्य बुधबार पनि वृद्धि भएको छ।

बुधबार सुन प्रतितोला एक हजार एकसय रूपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ५ सय रूपैयाँ पुगेको छ।

मंगलबार सुन प्रतितोला ७ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ६९ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

यो साता सुनको मूल्य प्रतितोला २७ सय रूपैयाँले घटेको थियो भने सोमबार प्रतितोला १२ सय रूपैयाँले बढेको थियो।

चाँदीको मूल्य पनि आज प्रतितोला १५ रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार प्रतितोला एक हजार ९ सय ७० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला एक हजार ९ सय ८५ रूपैयाँ कायम छ।


प्रकाशित : बुधबार, फागुन ७ २०८११०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend