शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

तोलामा ७ सय रूपैयाँले बढ्यो सुनको मूल्य

images
मंगलबार, फागुन ६ २०८१
images
images
तोलामा ७ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आज सुन प्रतितोला एक लाख ६९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ। स्थानीय बजारमा आज प्रतितोला सुनमा ७ सय रूपैयाँले वृद्धि भएको छ।

images
images
images

सोमबार प्रतितोला सुन एक लाख ६८ हजार ७ सय रूपैयाँमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला एक हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। रासस

images
images
images


प्रकाशित : मंगलबार, फागुन ६ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend