शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट

सोमबार, फागुन ५ २०८१
कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।

काठमाडौं- कुमारी बैंक लिमिटेड र भक्तपुरको सूर्यविनायक-१०, मिलनचोकस्थित सूर्यविनायक मिसन हस्पिटल प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ।

कुमारी बैंकका ग्राहकहरुलाई उक्त हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौताबमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिँदै आएका सेवाहरुमा बैंकका ग्राहकहरूले प्रयोगशाला परीक्षण, एक्स-रे, यूएसजी तथा ओपीडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरुमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकको छ।


प्रकाशित : सोमबार, फागुन ५ २०८११२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend