काठमाडौं- आइतबार सुन तोलाको १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको सुनको मूल्य आज २ हजार ७ सय रुपैयाँले घटेको हो।
गएको बिहीबार प्रतितोला दुई हजार तीनसय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार चारसय रुपैयाँले बढेको थियो।
आज आइतबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घटेको छ। आज चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार चाँदीको मूल्य १ हजार ९ सय ७० रुपैयाँ थियो।