शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

टोयोटाले ल्यायो तेस्रो पुस्ताको हाइड्रोजन फ्युल सेल सिस्टम, थप हलुका र २० प्रतिशत बढी रेन्ज दिने

images
आइतबार, फागुन ४ २०८१
images
images
टोयोटाले ल्यायो तेस्रो पुस्ताको हाइड्रोजन फ्युल सेल सिस्टम, थप हलुका र २० प्रतिशत बढी रेन्ज दिने

टोयोटाको दाबीअनुसार दोस्रो पुस्ताको तुलनामा तेस्रो पुस्ताको फ्युल सेल सिस्टम जडित प्यासेन्जर सवारीले २० प्रतिशत धेरै ड्राइभिङ रेन्ज दिनेछ।

images
images

काठमाडौं- हाइड्रोजन फ्युल सेल प्रविधिमा विश्वका विभिन्न अटोमोबाइल जायन्टहरू लागिपरेका छन्। त्यसमा जापानी कार उत्पादक कम्पनी टोयोटा अग्रणी रहेको छ। 

images
images
images

२०२४ मा टोयोटाले १ हजार ७ सय ७८ वटा हाइड्रोजन फ्युल सेल विद्युतीय कार(एफसीईभी) विश्वभर बिक्री गरेको थियो। २०२३ को तुलनामा २०२४ मा टोयोटाको एफसीईभी बिक्री ५५.८ प्रतिशतले गिरावट आएको हो। यसका बीच टोयोटाले फ्युल सेलमा थप काम गरिरहेको जनाएको छ। 

images
images

हाइड्रोजन फ्युल सेलले मास मार्केट हुन्छ वा हुँदैन त्यो अहिले नै यकिन गर्न सकिँदैन। तर टोयोटाले हाइड्रोजन पावरट्रेन विकासमा ठूलै जोडबल गरिरहेको छ। हालै टोयोटाले तेस्रो पुस्ताको फ्युल सेल सिस्टम सार्वजनिक गरेको छ। ‘हाइड्रोजन सोसाइटी’ विकासमा टोयोटा दत्तचित्त भएर लागेको पछिल्लो कदमबाट पनि पुष्टि हुन्छ। 

images
images
images

टोयोटाका अनुसार तेस्रो पुस्ताको फ्युल सेल सिस्टम पहिलेको भन्दा सानो, हलुका, मोर डिपेन्डेवल र अझै प्रभावकारी रहेको छ। यसअघिको फ्युल सेलको तुलनामा तेस्रो पुस्ताको फ्युल सेल दुई गुण बढी ड्युरेवल रहेको दाबी टोयोटाको छ। 

नयाँ पुस्ताको फ्युल सेल प्रविधि मेन्टेनेन्स प्रि डिजाइनमा आधारित रहेकाले यो बढी लाभदायी रहेको कम्पनीको भनाइ छ। पछिल्लो सिस्टममा फ्युल इफिसियन्सीमा राम्रो सुधार भएको छ। 

टोयोटाको दाबीअनुसार दोस्रो पुस्ताको तुलनामा तेस्रो पुस्ताको फ्युल सेल सिस्टम जडित प्यासेन्जर सवारीले २० प्रतिशत धेरै ड्राइभिङ रेन्ज दिनेछ। टोयोटाको मिराइ एफसीईभीले हाल फ्ल ट्यांकी हाइड्रोजनले ४ सय २ माइल कुदाउन सकिन्छ भने नयाँ सिस्टमको फ्युल सेल जडित मिराइ एफसीईभीले ४ सय ८० माइल रेन्ज दिनेछ। 

त्यस्तै तेस्रो पुस्ताको फ्युल सेल सिस्टमको उत्पादन लागत पनि अघिल्लो पुस्तको तुलनामा सस्तो हुने दाबी टोयोटाले गरेको छ। सेल डिजाइन र उत्पादन प्रक्रियामा आएको नवीनताले यो सम्भव भएको टोयोटाले बताएको इनसाइडईभीज्ले उल्लेख गरेको छ। योसँगै हाइड्रोजन फ्युल सेल सवारीको सुरुवाती मूल्य यसअघिको तुलनामा कम हुनेछ। 

प्यासेन्जर कार बिक्री न्यून भएकाले तत्कालका लागि यो सेगमेन्टमा तेस्रो पुस्ताको फ्युल सेलले त्यति ठूलो प्रभाव पार्ने छैन। तर कमर्सिलय सवारी सेगमेन्टमा भने टोयोटाको नयाँ सिस्टम निकै प्रभावकारी हुन सक्छ। 

हाइड्रोजन उत्पादन भने अहिले पनि खर्चिलो र केही जटिल छ। साही कारण आम रुपमा हाइड्रोजन पुनर्भरण केन्द्रहरु सहजै उपलब्ध छैनन्। वातावरणका लागि इन्टरनल कम्बस्चन इन्जिन र ब्याट्री ईभी दुवै त्यति दीर्घकालीन छैन जति हाइड्रोजन फ्युल सेल हुन सक्छ। हाइड्रोजन फ्युल सेल सवारी र यसका इक्युपमेन्टहरुले वातावरणका लागि कुनै प्रकारको हानिकारक ग्यास पैदा गर्ने छैन। 

हाइड्रोजन फ्युल सेल सवारी संवेदनशील वातावारणीय क्षेत्रमा समेत सजिलै प्रयोग गर्न सकिन्छ। सबै हिसाबले ठीक मानिएको हाइड्रोजन फ्युल सेल सवारीको लागत र पुनर्भरण भने अझै जटिल अवस्थामै छ। 

आगामी साता जापानको टोकियोमा हुन लागेको इन्टरनेसनल हाइड्रोजन एन्ड फ्युल सेल एक्स्पोमा टोयोटाले तेस्रो पुस्ताको फ्युल सेल सिस्टम सार्वजनिक गर्ने बताएको छ। यो सिस्टम व्यावसायिक रुपमा पहिलो चरणमा जापान, युरोप, उत्तरअमेरिका र चीनमा प्रयोगमा आउने छ। यसका लागि २०२६ सम्म कुर्नुपर्ने टोयोटाले जनाएको छ। 

नेपालमा पनि हाइड्रोजन फ्युल सेलबारे काठमाडौं विश्वविद्यालयले गहन रुपमा अध्ययन गरिरहेको छ। केयूले गत वर्ष कोरियाबाट एउटा हाइड्रोजन फ्युल सेल कार परीक्षण प्रयोजनका लागि ल्याएको थियो। नेपालमा ग्रिन हाइड्रोजन उत्पादन गरेर त्यसबाट हाइड्रोजन फ्युल सेल सवारी सञ्चालन गर्न सकिनेबारे केयूको अध्ययन केन्द्रित रहेको छ।


प्रकाशित : आइतबार, फागुन ४ २०८११०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend