शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपालमा 'टियागो डट ईभी' २०२५ मोडलको डेलिभरी सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २ २०८१
नेपालमा 'टियागो डट ईभी' २०२५ मोडलको डेलिभरी सुरु

उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्तामैत्री सुविधा एवम् अन्य धेरै नयाँ डिजिटल विशेषताको साथ टियागो डट ईभी २०२५ मोडल पुरानै सुरुवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँबाट बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ।

काठमाडौं- भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो डट ईभी २०२५ को बुकिङका साथै डेलिभरी सुरु गरेको छ। 

उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्तामैत्री सुविधा एवम् अन्य धेरै नयाँ डिजिटल विशेषताको साथ टियागो डट ईभी २०२५ मोडल पुरानै सुरुवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँबाट बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ।   

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवालले नेपालमा टाटाका विद्युतीय सवारीसाधनहरूको भव्य सफलतालेले कम्पनीलाई नयाँ २०२५ टियागो डट ईभी प्रस्तुत गर्न उत्प्रेरित गरेको बताए।

टाटा टियागो ईभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ। 

त्यसैले टाटा मोटर्स पूर्णआशावादी छ कि २०२५ टियागो डट ईभीले आफ्नो बिरासत कायम राख्दै बिगतझैँ नेपालकै सबैभन्दा बढी बिक्री हुने विद्युतीय ह्याचब्याक बनिरहने विश्वास खंडेलवालको छ। 

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठका अनुसार टियागो डट ईभी नेपाली बजारमा सर्वाधिक लोकप्रिय विद्युतीय ह्याचब्याकको रुपमा स्थापित भइसकेको छ। यसमा सबैभन्दा सुरक्षित, सरल, एवं आरामदायी ढंगले नेपालको सहरी क्षेत्रमा यात्रा गर्न सक्ने हुनाले यो सफलता सम्भव भएको उनको भनाइ छ।

यसको नयाँ मोडेल २०२५ टियागो ईभी पनि आधुनिक रंग, डिजाइन, प्रविधि र सुरक्षाको दृष्टिकोणले अझ बढी अब्बल छ। यो कारले नेपाली उपभोक्ताको मन जित्नेमा पूर्ण विश्वास्त रहेको उनले बताए। 

कम्पनीका अनुसार नयाँ टियागो डट ईभी २०२५ मोडलमा ग्राहकहरुले २६.०३ सेमीको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमलगायत वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा पाउने छन्। सुरक्षाको दृष्टिकोणले दुई वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र हिल होल्ड कन्ट्रोल जस्ता विशेषताहरु यसमा छन्। 

टियागो डट ईभीमा आईपी ६७ रेटेड ब्याट्री प्याक समावेश गरिएको छ जस कारणले नेपालको जस्तोसुकै भूगोलमा पनि बिना कुनै झन्झट उत्कृष्ट ढंगले कार्य गर्नेछ। साथै कुल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल, र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरुले एक विल्कुलै आरामदायी यात्राको अनुभव प्रदान गर्छ।

यो गाडी स्लिक एलइडी हेडल्याम्प, डीएलआर र आर १४ हाइपरस्टाइल ह्विलले सुसज्जित छ, जसको कारण गाडी स्पोर्टी र अत्याधुनिक देखिन्छ।


प्रकाशित : शुक्रबार, फागुन २ २०८११४:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend