शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी, खरिदबारे बुझ्न सहज

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २ २०८१
एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी, खरिदबारे बुझ्न सहज

काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडले बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितोसुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ।

बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरुसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ।

यसको लागि ग्राहकले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने छन्।

यसरी ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था गरेको बैंकले जनाएको छ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रुपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्रीसम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा ग्राहकले अनलाइन पोर्टलको लिंक बाटै विस्तृत विवरणहरूको जानकारी लिएर लाभ लिन सक्ने बैंकले जनाएको छ।

PR on NIC ASIA Auction Portal-Image.jpg


प्रकाशित : शुक्रबार, फागुन २ २०८१११:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend