शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

समस्याहरू समाधान गर्दै सगरमाथा क्षेत्रमा पुन: उडान सुरु गर्नुपर्ने पर्यटनसम्‍बद्ध संस्थाहरूको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १ २०८१
images
images
समस्याहरू समाधान गर्दै सगरमाथा क्षेत्रमा पुन: उडान सुरु गर्नुपर्ने पर्यटनसम्‍बद्ध संस्थाहरूको माग

पर्यटनसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरूले हाल सगरमाथा क्षेत्रमा देखिएका समस्या समाधानका लागि वायुसेवा सञ्चालक संघ तथा सदस्य कम्पनीहरूलाई साथ दिइ ऐक्यबद्धतासाथ अघि बढी समस्याको समाधान गर्ने बताएका छन्।

images
images

काठमाडौं- सगरमाथा क्षेत्रको उडानमा असुरक्षा बढेको भन्दै सञ्चालकहरूले हवाई उडान स्थगन गरेकोमा पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका पदाधिकारीहरूले असुरक्षाका कारणहरू पहिचान गरी त्यसलाई समाधान गर्न साथ दिने  बताएका छन्। 

images
images
images

सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा संघसंस्थाहरूले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै गएको पुस २१ गतेदेखि व्यावसायिकरुपमा उडान बन्द गराएका हुन्।

images
images

हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध सम्बन्धमा सम्बन्धित पदाधिकारीहरुसँग संघका पदाधिकारीहरुले पटकपटक वार्ता गर्दा पनि कुनै निष्कर्ष आएको छैन। यस्तोमा वायुसेवा सञ्चालक संघ, एक्सपिडिएसन अपरेटर्स एशोसिएसन, होटल संघ नेपाल, नेपाल उद्योग परिसंघ, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल, नेपाल एशोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्सले अहिले भनिएका समस्याहरू सुधार गरी उडान पुन: सुरु गर्नुपर्नेमा एकमत जाहेर गरेका छन्।  

images
images
images

पर्यटनसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरूले हाल सगरमाथा क्षेत्रमा देखिएका समस्या समाधानका लागि वायुसेवा सञ्चालक संघ तथा सदस्य कम्पनीहरूलाई साथ दिइ ऐक्यबद्धतासाथ अघि बढी समस्याको समाधान गर्ने बताएका छन्। 

यसै विषयमा छलफलका लागि गएको माघ २८ गते नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, पर्वतारोहण सञ्चालक संघ नेपाल, नाटा, टान, होटल संघ नेपाल, परिसंघलगायत सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा बैठक बसेको थियो। 'उक्त क्षेत्रमा देखिएका समस्या कानूनविपरित रहेको, तत्काल समस्या निराकरणका लागि वार्ता तथा संवादद्वारा समस्या समाधान गरिनुपर्ने, यसरी अबरोध र प्रतिबन्ध कायम नै रहिरहेको खण्डमा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुनुका साथै पर्यटन उद्योग नै धरासायी हुनुका साथै हेलिकप्टर कम्पनीहरुलाई ठूलो आर्थिक भार पर्न गइ व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था सृजना हुने र सयौँको रोजगारी घुम्ने' उनीहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , फागुन १ २०८११६:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend