शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सिटिजन्स बैंक र वात्सल्यबीच समझदारी

बुधबार, माघ ३० २०८१
सिटिजन्स बैंक र वात्सल्यबीच समझदारी

यस्ता सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको नारायणचौरस्थित वात्सल्य नेचुरल आईभीएफबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले वात्सल्यमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ।

बैंकले 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि बैंकले ल्याएको छ।

सिटिजन्स बैंक ले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९८ वटा शाखा, १ सय ६३ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : बुधबार, माघ ३० २०८११४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend