शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य तोलामा २ हजार ७ सय रूपैयाँले घट्यो

बुधबार, माघ ३० २०८१
सुनको मूल्य तोलामा २ हजार ७ सय रूपैयाँले घट्यो

आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ३० रूपैयाँ निर्धारण गरिएको छ।

काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला दुई हजार ७ सय रूपैयाँले घटेको हो। 

मंगलबार प्रतितोला सुन एक लाख ७० हजार २ सय रूपैयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको छ।

आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ३० रूपैयाँ निर्धारण गरिएको छ। रासस


प्रकाशित : बुधबार, माघ ३० २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend