शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सिटिजन्स बैंकको १९८औँ शाखा काठमाडौंको पानीपोखरीमा

मंगलबार, माघ २९ २०८१
सिटिजन्स बैंकको १९८औँ शाखा काठमाडौंको पानीपोखरीमा

नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि बैंकले ल्याएको छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९८औँ शाखा काठमाडौंको पानीपोखरीमा सञ्चालनमा ल्याएको छ। 

पानीपोखरीमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे।

कार्यक्रममा अध्यक्ष पाण्डेले  प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्‍याउने दृढता व्यक्त गरे। उनले नयाँ शाखाका कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्दै अनुशासित र मर्यादित ढंगबाट काम गर्दै संस्थालाई अझ नयाँ उचाइमा लैजानका लागि प्रेरित गरे।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा काठमाडौं उपत्यकाभित्र ३९ र बागमती प्रदेशमा ५५ पुगेको छ।

सुविधासम्पन्न उक्त नयाँ शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको जनाएको छ।

नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरु पहिलो वर्ष नि:शुल्क प्राप्त गर्न सकिनेछ। डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ। साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ।

बैंकले 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि बैंकले ल्याएको छ।

सिटिजन्स बैंक ले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९८ वटा शाखा, १ सय ६३ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : मंगलबार, माघ २९ २०८१११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend