आइतबार, साउन ४ गते २०८२    
आइतबार, साउन ४ २०८२
images
images

प्रतितोला एक लाख ७० हजार दुईसय रूपैयाँ पुग्यो सुनको मूल्य

images
मंगलबार, माघ २९ २०८१
images
images
प्रतितोला एक लाख ७० हजार दुईसय रूपैयाँ पुग्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले वृद्धि हुँदा चाँदी भने प्रतितोला ३० रूपैयाँले सस्तिएको छ।

images

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले वृद्धि भएको छ।

images
images

सोमबार प्रतितोला एक लाख ६९ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला एक लाख ७० हजार २ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

चाँदीको मूल्य भने मंगलबार प्रतितोला ३० रूपैयाँले घटेको छ।

images
images
images

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ९ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, माघ २९ २०८१११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend