शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला एक लाख ७० हजार दुईसय रूपैयाँ पुग्यो सुनको मूल्य

मंगलबार, माघ २९ २०८१
प्रतितोला एक लाख ७० हजार दुईसय रूपैयाँ पुग्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले वृद्धि हुँदा चाँदी भने प्रतितोला ३० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले वृद्धि भएको छ।

सोमबार प्रतितोला एक लाख ६९ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला एक लाख ७० हजार २ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने मंगलबार प्रतितोला ३० रूपैयाँले घटेको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ९ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, माघ २९ २०८१११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend