शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

साइपाल गाउँपालिकाको धलौनमा एभरेष्ट बैंकको नयाँ शाखा सञ्चालनमा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २८ २०८१
साइपाल गाउँपालिकाको धलौनमा एभरेष्ट बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेश बझाङ जिल्लाको उत्तरपूर्व साइपाल गाउँपालिका वडा नं. १ स्थित धलौनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारीक रुपमा उद्घाटन गरिएकोसमारोहमा साइपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेस्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल राष्ट्र बैंकका निर्देशक केशव बहादुर केसी, साइपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय सघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिति रहेको थियो।

२०८१ माघ २८ गतेका दिन औपचारीक रुपमा उद्घाटित यो बैंकको १२९औं शाखा कार्यालय हो। वित्तीय पहुँच बाट टाढा रहेको साइपाल गाउँपालिकामा बैंकको यो शाखा कार्यालय सञ्चालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा 'क' वर्गको वाणिज्य बैंकको उपस्थिति रहन गएको छ।

भौगोलिक तथा पूर्वाधार विकासको हिसाबले पनि अति दुर्गम मानिने मोटरबाटोको समेत पहुँच नभएको ७/८ घण्टाको पैदल यात्रा गरी पुग्न सकिने यो पालिकामा शाखा कार्यालय खोलि सञ्चालनमा ल्याउने जस्तो कठिन तथा चुनौतीपूर्ण कार्य सफल हुन सकेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा सहयोग गर्नु हुने नेपाल राष्ट्र बैंक तथा साइपाल गाउँपालीकाप्रती विशेष धन्यवाद व्यक्त गर्दै देशको सम्पूर्ण पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्‍याउने सरकारको महत्वपूर्ण अभियानलाई पूर्णता दिने गरी शाखा सञ्चालन गर्न सकेकोमा बैंक खुसी व्यक्त गर्दछ।

उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै संघीय राष्ट्रको सम्पूर्ण पालिकामा बैंक पुर्‍याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताए।

साथै अब सानेतिनो बैकिङ सेवाको लागी पनि सदरमुकाम धाउनुपर्ने साइपाल बासीको बाध्यताको अन्त्य भएको बताउँदै अन्य सुविधाहरु पनि विस्तारै गाँसिदै आउने र यस क्षेत्रको समग्र आर्थिक क्रियाकलाप समेत चलायमान हुने विश्वास व्यक्त गरे।

देशकै अग्रणी बैंकको रुपमा स्थापित यस बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ्न गइ समग्र आर्थिक बिकाशमा थप टेवा पुग्ने बिश्वास बैंकले लिएको छ।

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका र देशैभरीे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएम  छन्।

विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ। यस बैंकले भारतको नया दिेल्ली लगाएत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : सोमबार, माघ २८ २०८११६:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend