शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कुमारी बैंक र अप्टिक आइजबीच विशेष छुट प्रदान गर्ने सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २८ २०८१
कुमारी बैंक र अप्टिक आइजबीच विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौं- कुमारी बैंक लिमिटेड र अप्टिक आइज चाहबिलबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौताबमोजिम अप्टिक आइजबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई फ्रेम र सनग्लासहरूमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, प्रेस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि:शुल्क गरिने सम्बन्धमा सम्झौता भएको छ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।


प्रकाशित : सोमबार, माघ २८ २०८११५:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend