शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २८ २०८१
१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ।

काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो।

त्यस्तै आज सोमबार लागि चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ तोकिएको छ। आइतबार सोही परिमाण चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 

नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ। हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइ रहेको छ।


प्रकाशित : सोमबार, माघ २८ २०८१११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend