शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

तलबमा तिर्ने आयकर ऋणात्मक, धेरै तलब खाने घटे कि परिपालना उल्लंघन बढ्यो?

images
सोमबार, माघ २८ २०८१
images
images
तलबमा तिर्ने आयकर ऋणात्मक, धेरै तलब खाने घटे कि परिपालना उल्लंघन बढ्यो?

यसरी हुने आम्दानीमा रोजगारदाताको कार्यालयले करको गणना गर्ने गरेर प्रत्येक महिनाको पारिश्रमिक रकमको भुक्तानीसँगै वा पटके रकमको भुक्तानीमा भुक्तानीको वखत अग्रिम कर कट्टी गरी सो महिना समाप्त भए पछि अर्को महिनाको २५ गते भित्र पारिश्रमिक आयकर दाखिला गर्नु पर्छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको छ महिनामा पारिश्रमिकबाट उठ्ने आयकर ऋणात्मक भएको छ। गत वर्षको छ महिनाको तुलनामा यो वर्षको छ महिनामा पारिश्रमिकमा लाग्ने आयकर संकलन २.१७ प्रतिशतले घटेको छ। 

images
images
images

अर्थ मन्त्रालयले प्रकाशन गरेको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा पारिश्रमिक आयकर संकलन घटेको तथ्यांक उल्लेख छ। समग्रमा व्यक्तिगत आयकर बढेपनि पारिश्रमिक आयकर भने ऋणात्मक भएको छ

images
images

चालु आर्थिक वर्षका लागि व्यक्तिगत आयकरमा कुनै पनि फेरबदल नभएकाले गत वर्षको तुलनामा कर संकलन घट्नुको ठ्याक्कै कारण सरकारले अहिलेसम्म पत्ता लगाएको छैन। 

images
images
images

आन्तरिक राजस्व विभागका अधिकारीहरूका अनुसार केही कारणले भूमिका खेलेको हुनसक्ने देखिएको छ। सामाजिक सुरुक्षा करमा २ प्रतिशतको सामान्य वृद्धि देखिएपनि आयकर घटेको छ। 

नीतिगत परिवर्तन नहुँदा यस्तो कर संकलन घट्नुलाई अधिकारीहरूले पहिलो कारण नियमको परिपालना नभएको वा धेरै कर तिर्नेहरूको रोजगारी गुमेको हुनसक्ने देखिएको बताएका छन्। 

विगतमा कर तिर्नेहरूको रोजगारी गुमेका कारण पनि यस्तो कर संकलन घट्न सक्छ। पछिल्लो समय धेरै तलब खाने कर्मचारीहरूको कटौती गरेर थोरै तलबमा काम गर्नेहरूबाट काम चलाउने रणनीतिमा कम्पनीहरू अघि बढ्दा पनि यस्तो हुन्छ।

त्यस्तै वर्षको अन्तिममा कर मिलान गर्नेगरी मासिक रुपमा करकट्टी नगर्दा पनि संकलन प्रभावित भएको हुनसक्ने सम्भावना रहने आन्तरिक राजस्व विभागका अधिकृत बलराम यादव बताउँछन्। यद्यपि यो विषयमा ठोस तथ्य नआएको उनको भनाइ छ। 

छ महिनाभन्दा पनि वर्षको अन्तसम्म पनि घटेको खण्डमा रोजगारीनै प्रभावित भएको मान्न सकिने उनको भनाइ छ। 

पारिश्रमिक आयमा रोजगारीसँग सम्बन्धित ज्याला, तलब, बिदाबापतको रकम, अतिरिक्त समय भत्ता, शुल्क, कमिसन, पुरस्कार, उपहार, बोनस, महँगी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरञ्जन वा यातायात भत्ता, शैक्षिक भत्ता, समायोजन भत्ता, कुनै पनि व्यक्तिगत भत्ता वा सुविधा, व्यक्तिगत प्रयोजनको लागि गरेको खर्चको फर्छ्योट वा सोधभर्ना भुक्तानी, रोजगारीको सर्तमा सहमति जनाएबापतको भुक्तानी, रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाशबापतको भुक्तानी, अवकाश भुक्तानी (जस्तै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषबाट हुने भुक्तानी, उपदान, निवृत्तिभरण) तथा रोजगारीबाट पाएको आम्दानी गणना हुन्छ। 

यस्तो आम्दानीमा करयोग्य आयमा सुरुको ५ लाख रुपैयाँसम्म (व्यक्तिका लागि) वा ६ लाख रुपैयाँसम्म (दम्पत्तिका लागि) १ प्रतिशत कर लाग्ने, त्यसपछि २ लाखसम्म १० प्रतिशतले कर लाग्ने, त्यसपछिको ३ लाखसम्म २० प्रतिशतले कर लाग्ने, सोभन्दा बढी २० लाखसम्मको करयोग्य आयमा ३० प्रतिशतले कर लाग्ने २० लाखभन्दा माथि ५० लाखसम्म ३६ प्रतिशत र ५० लाखभन्दा माथि जतिसुकै करयोग्य आय भएमा बढी करयोग्य आय रकममा ३० प्रतिशतले हुने कर र सो करको दरमा थप ३० प्रतिशत अतिरिक्त कर लाग्ने व्यवस्था छ। 

यसरी हुने आम्दानीमा रोजगारदाताको कार्यालयले करको गणना गर्ने गरेर प्रत्येक महिनाको पारिश्रमिक रकमको भुक्तानीसँगै वा पटके रकमको भुक्तानीमा भुक्तानीको बखत अग्रिम करकट्टी गरी सो महिना समाप्त भएपछि अर्को महिनाको २५ गतेभित्र पारिश्रमिक आयकर दाखिला गर्नु पर्छ। 


प्रकाशित : सोमबार, माघ २८ २०८१११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend