शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भोलिदेखि टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग टियागो ईभी र पन्च ईभी साट्न सकिने

आइतबार, माघ २७ २०८१
भोलिदेखि टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ :  पुराना गाडीसँग टियागो ईभी र पन्च ईभी साट्न सकिने

सो अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

काठमाडौं- नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन सप्ताह २०२५ को अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ।

कम्पनीले माघ २८ देखि फागुन ३ गतेसम्म भ्यालेन्टाइन स्पेसल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम गर्न लागेको हो। यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको कम्पनीले जनाएको छ।

यस विशेष अवसरमा टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टियागो ईभी र पन्च ईभी जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग साट्न सकिने छ।

‘एक्सचेन्ज विथ लभ’ योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र एक वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स (जडानसहित) हरेक बुकिङमा आकर्षक उपहारहरुसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यस्तै, सो अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। 

नयाँ गाडी खरिद गरेर कार्यक्रमको भरपुर फाइदा उठाउन कम्पनीले अनुरोधसमेत गरेको छ।


प्रकाशित : आइतबार, माघ २७ २०८११८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend