शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

उपत्यकाका २० स्थानमा टाटा ग्रिन ब्याट्रीको निःशुल्क चेकअप क्याम्प

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २७ २०८१
images
images
उपत्यकाका २० स्थानमा टाटा ग्रिन ब्याट्रीको निःशुल्क चेकअप क्याम्प

आफ्ना आधिकारिक डिलरसँग सहकार्य गरी कम्पनीले टु-ह्विलर र फोर-ह्विलर दुबै सेग्मेन्टलाई लक्षित गरी क्याम्प आयोजना गरेको हो।

images
images

काठमाडौं- टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी अटोकम्प प्रालिले काठमाडौं उपत्यकाका विभिन्न २० स्थानमा निःशुल्क ब्याट्री चेकअप क्याम्प सम्पन्न गरेको छ।

images
images
images

आफ्ना आधिकारिक डिलरसँग सहकार्य गरी कम्पनीले टु-ह्विलर र फोर-ह्विलर दुबै सेग्मेन्टलाई लक्षित गरी क्याम्प आयोजना गरेको हो।

images
images

हालै सम्पन्न यी क्याम्प सुकेधारास्थित नवदीप अटो पार्ट्स, यारिस अटोमोबाइल्स-वसुन्धारा, अटो एभ प्राली-दक्षिणढोका, लक्ष्मीनिया मोटरसाइकल सेन्टर नख्खु, संगम इन्टरनेश्नल अटोमोबाइल्स कृतिपुर, विश्वास्ना अटो लिंक-तिनकुने, रोश्लिन अटो पार्ट्स खुसिबु, डिएस ट्रेड सेन्टर सिफल र मिन्कि मोटरसाइकल वर्कशप डिल्लीबजारमा आयोजना गरिएका हुन्।

images
images
images

यसैगरी मन्जुश्री इन्टरनेश्नले डिस्ट्रिब्युटर लुभु, ओम शान्ति अटो पार्ट्स बालकुमारी, मिसिका अटो पार्ट्स-हरिसिद्धि, जीवन मोटरसाइकल वर्कशप-भैंसेपाटी, महर्जन मोटरसाइकल वर्कशप-हरिसिद्धि, काठमाडौं अटो सप्लायर्स-लोकन्थली, मानन्धर अटो पार्ट्स-ठिमी र कमलबिनायकस्थित कुमारी अटो पार्ट्समा नि-शुल्क ब्याट्री हेल्थ चेकअप क्याम्प आयोजना गरिएको र यी सबै इभेन्टमा ग्राहकको उपस्थिती उत्साहजनक रहेको कम्पनीको भनाइ छ।

सो अवसरमा कम्पनीले ब्याट्रीको हेल्थ चेकअप निःशुल्क गर्नुको साथै ब्याट्री मेन्टिनेन्स तथा विन्टर केयर सम्बन्धी टिप्स र नयाँ ब्याट्रीको खरिदमा डिस्काउन्ट भौचर उपलब्ध गराएको थियो। सहभागी ग्राहकलाई जाडो मौसममा ब्याट्रीमा आउनसक्ने सम्भावित समस्याका बारेमा जानकारी दिँदै यसको उचित समाधान गर्ने उपायका बारेमा परामर्श समेत प्रदान गरिएको थियो।

टाटा ग्रिन भारतको प्रख्यात ब्याट्री ब्रान्ड हो। यस ब्याट्रीमा कम्पनीले सर्वाधिक धेरै वारेन्टी दिँदै आएको छ। उच्च पर्फमेन्स, उच्च क्रयांकिङ पावर र भाइब्रेसन प्रतिरोधी क्षमता जस्ता विशेषताका कारण यो ब्याट्री नेपाली परिवेशका लागी उपयुक्त हुने बताइएको छ। साथै लिक प्रुफ डिजाइनका कारण यसले लामो समयसम्म कार्य सम्पादन गर्न सक्ने दाबी गरिएको छ।

गुणस्तरमा अब्बल टाटा ग्रिन ब्याट्रीलाई भारतका प्राय सबैजसो टु-ह्विलर र फोर-ह्विलर उत्पादकले आफ्नो सवारीसाधनमा निर्धक्क प्रयोग गर्न सिफारिस गरेका छन्। लक्ष्मी ग्रुपले बिक्री गर्दै आएको यो ब्याट्री पछिल्लो समय नेपाली बजारमा समेत लोकप्रिय बनिरहेको छ। नेपालका विभिन्न स्थानमा सर्भिस नेटवर्क विस्तार गरी बिक्री पछिको सेवा प्रदान गर्दै आएको लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले बताए।


प्रकाशित : आइतबार, माघ २७ २०८११६:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend