शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

काठमाडौं र ललितपुरमा टोटल लुब्रिकेन्ट्सको सर्भिस क्याम्प सम्पन्न

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २७ २०८१
images
images
काठमाडौं र ललितपुरमा टोटल लुब्रिकेन्ट्सको सर्भिस क्याम्प सम्पन्न

राइडरलाई उच्च गुणस्तरको इन्जिन आयल प्रयोग गर्दा हुने फाइदाबारे जानकारी दिन क्याम्प आयोजना गरिएको हो।

images
images

काठमाडौं- टोटल इनर्जीजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्युब आयल प्रालिले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा सर्भिस क्याम्प सम्पन्न गरेको छ। गत जनवरीमा कम्पनीले बालकुमारीस्थित वर्कशप साथी, पेप्सीकोलास्थित दि बाइकस्मिथ, गुड्डु रिपेयर सेन्टर टेकु र टिकटक वर्कशप-जर‌खुमा सर्भिस क्याम्प सम्पन्न गरेको हो। 

images
images
images

यी चारवटै सर्भिस सेन्टरमा राइडरको उपस्थिती निकै राम्रो रहेको कम्पनीले जनाएको छ। राइडरलाई उच्च गुणस्तरको इन्जिन आयल प्रयोग गर्दा हुने फाइदाबारे जानकारी दिन क्याम्प आयोजना गरिएको हो। 

images
images

क्याम्पमा सहभागी राइडरलाई बाइकको सर्भिसिङ तथा हेल्थ चेक अप निशुल्क प्रदान गरिएको कम्पनी भनाइ छ। साथै टोटल लुब्रिकेन्ट्सको प्रयोग पश्चात बाइकको पर्फमेन्स बढेको अनुभूति गराउनुको साथै विज्ञमार्फन मेन्टिनेन्स टिप्स र गिफ्ट ह्याम्पर समेत प्रदान गरिएको थियो। 

images
images
images

क्याम्पमा सहभागी राइडरले टोटल लुब्रिकेन्ट्स प्रायोग पश्चात आफ्नो बाइकको पर्फमेन्स बढेको र इन्जिनबाट निस्कने अनावश्यक आवज समेत हटेको प्रतिक्रिया दिए। साथै उनीहरुले यस लुब्रिकेन्ट्सको प्रयोगले माइलेज समेत बढेको अनुभव गरे भने इन्जिनको आयु बढाउनसमेत यसले भुमिका निर्वाह गरेको प्रतिक्रिया दिए। 

नेपालको भुगोल र सडकको अवस्थाले गर्दा पनि यहाँ गुड्ने सवारीसाधनमा उच्च गुणस्तरको लुब्रिकेन्ट्स प्रयोग गर्नु अनिवार्य जस्तै हुने देखिन्छ। यसका लागी टोटल लुब्रिकेन्ट्स एउटा बलियो विकल्प हुने कम्पनी दाबी छ। 

टोटल इनर्जीजद्वारा उत्पादित इन्जिन आयलले चिसो र उच्च तापमानमा समेत इन्जिनलाई सजिलै स्टार्ट गराउन मद्धत गर्नुको साथै सिटी र अफ-रोड दुबै राइडिङमा उच्च पर्फमेन्स प्रदान गर्दछ। सो कार्यक्रम निकै सफल भएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिइने कम्पनीका सेल्स हेड सुबोध थापाले बताए।


प्रकाशित : आइतबार, माघ २७ २०८११५:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend