शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

महालक्ष्मी विकास बैंकद्वारा 'महालक्ष्मी कल सेन्टर' को सुरुवात

आइतबार, माघ २७ २०८१
महालक्ष्मी विकास बैंकद्वारा 'महालक्ष्मी कल सेन्टर' को सुरुवात

बैंकले एक निश्चित समयभित्र कल सेन्टर मार्फत आएका गुनासो/जिज्ञासा/उजुरीहरुको सम्बोधन गर्ने जनाएको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम 'महालक्ष्मी कल सेन्टर' सञ्चालनमा ल्याएको छ।

बैंकिङ सेवाहरुको रुपान्तरणकारी परिवर्तनस्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको बैंकले जनाएको छ।

बैंकले सञ्चालनमा ल्याएको 'महालक्ष्मी कल सेन्टर' बाट ग्राहक सहायतासम्बन्धी जानकारी प्रदान गर्ने, ग्राहकहरुको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवासम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङसम्बन्धी आइपर्ने प्राविधिक समस्याहरुको सम्बोधन गर्ने, ग्राहकहरुबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडि बढाउने लगायतका कार्यहरु गर्नेछ।

बैंकले एक निश्चित समयभित्र कल सेन्टरमार्फत आएका गुनासो/जिज्ञासा/उजुरीहरुको सम्बोधन गर्ने जनाएको छ। यसबाट ग्राहकहरुको समस्याहरुको व्यवस्थापन र समाधान गर्न सहज हुने तथा ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारीरुपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। 

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउन मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी' पनि सञ्चालनमा ल्याएको छ।


प्रकाशित : आइतबार, माघ २७ २०८११५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend