शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भ्यालेन्टाइन डेको अवसरमा बुद्ध एयरको माउन्टेन फ्लाइटमा उपहार : एउटा टिकटमा अर्को फ्रि

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २७ २०८१
भ्यालेन्टाइन डेको अवसरमा बुद्ध एयरको माउन्टेन फ्लाइटमा उपहार : एउटा टिकटमा अर्को फ्रि

काठमाडौं- फेब्रुअरी १४ को दिनमा मनाइने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसलाई थप स्मरणीय बनाउन बुद्ध एयरले अफर ल्याएको छ।एकाबिहानै हुने पर्वतीय उडानमा एक टिकटमा अर्को सित्तैमा दिएको छ।

यस अफरमा बुद्ध एयरले एकजना यात्रुलाई झ्याल र अर्कोलाई त्यससँगैको सिट दिनेछ। पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत थुप्रै हिमश्रृंखला अवलोकन गर्न सकिन्छ।

उडानमा जोडी यात्रुलाई चकलेट, गुलाफको फूल तथा चियाको मीठो खाजा खानाका लागि डिस्काउण्ट भउचर दिइने बुद्ध एयरले जनाएको छ।

यसैगरि गोलाप्रथाबाट छानिने तीनजना जोडी यात्रुका लागि दलाई-ला-बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुहरुका लागि डिस्काउण्ट भउचर प्रदान गर्ने बुद्ध एयरले जनाएको छ।

५ जना जोडी यात्रुलाई चन्द्रागिरि केबलकारको आउजाउ टिकट उपलब्ध गराइने जनाउँदै बुद्ध एयरले यस अफरको टिकट बुद्ध एयरको काउण्टरबाट लिन सकिने जनाएको छ। 


प्रकाशित : आइतबार, माघ २७ २०८११३:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend