शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

इमर्जिङ एसिया अवार्ड : आईएमई लाइफ इन्स्योरेन्स विभिन्न तीन विधामा सम्मानित

आइतबार, माघ २७ २०८१
इमर्जिङ एसिया अवार्ड : आईएमई लाइफ इन्स्योरेन्स विभिन्न तीन विधामा सम्मानित

पाँचौँ संस्करणको 'इमर्जिङ एसिया अवार्डमा' कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्ड जित्न सफल भएको हो।

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न तीन विधामा इमर्जिङ एसिया अवार्ड जित्न सफल भएको छ।

पाँचौँ संस्करणको 'इमर्जिङ एसिया अवार्डमा' कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्ड जित्न सफल भएको हो।

यस अवार्डले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक केन्द्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामूलक नेतृत्वको कदर गरेको कम्पनीको भनाइ छ। नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको पनि कम्पनीले जनाएको छ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्‌का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएका थिए। साथै जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा डा. राजीव सिंह, डाइरेक्टर जनरल (डीजी) आईसीसी, अतनु सेन, जिम विचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पीडब्लुसीले विशेष सम्बोधन गरेका थिए।

प्रकाशित : आइतबार, माघ २७ २०८१११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend