शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

आइतबार, माघ २७ २०८१
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

आइतबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले वृद्धि हुँदा चाँदी प्रतितोला २५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।

प्रतितोला एकसय रूपैयाँले बढेर सुनको मूल्य आइतबार प्रतितोला एक लाख ६८ हजार दुईसय रूपैयाँ कायम भएको छ।

गएको शुक्रबार सुन प्रतितोला एक लाख ६८ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदी आज प्रतितोला २५ रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, माघ २७ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend