काठमाडौं- विश्व बजारमा प्रविधि र ऊर्जा क्षेत्रका कम्पनीहरूले राम्रो नाफा आर्जन गरिरहेका छन्। २०२४ मा पनि संसारभर रहेका कम्पनीमध्ये प्रविधिसँग र ऊर्जासँग सम्बन्धित व्यापार गर्ने कम्पनीहरूले धेरै नाफा कमाउन सफल भएका छन्।
विश्व वित्तीय क्षेत्रमा पनि ठूला टेक कम्पनी र ऊर्जा कम्पनीहरूकै धेरै प्रभाव र बजार विस्तार भइरहेको छ। यस्ता कम्पनीहरूको नाफा सयौँ देशको जीडीपीभन्दा धेरै रहेको छ।
२०२४ मा सर्वाधिक नाफा गर्ने ५० कम्पनीको सूची र उनीहरूको नाफा रकमसहितको तथ्यांक भिजुअल क्यापिटालिस्टले प्रकाशित गरेको छ। उक्त तथ्यांक फर्चुनले गरेको प्रकाशनमा आधारित रहेको छ। निजी र सार्वजनिक दुवै क्षेत्रका कम्पनीहरूले सार्वजनिक गरेको आफ्नो वित्तीय तथ्यांकका आधारमा फर्चुनले विवरण एकीकृत रुपमा राख्दै आएको छ।
उल्लेखित तथ्यांक कम्पनीहरूले कर तिरेपछिको नाफामा आधारित रहेको र आर्थिक वर्षको अन्त्य वा २०२४ मार्च ३१ भन्दा अघिको कारोबारका हिसाबबाट आएको नाफा विवरण हो।
२०२४ मा सबैभन्दा धेरै नाफा गर्ने कम्पनी ऊर्जा क्षेत्रको हो। साउदी अरबको तेल व्यापार गर्ने कम्पनी 'साउदी अरामको'ले २०२४ मा १२०.७ अर्ब डलर नाफा गरेको हो।
साउदी अरामको साउदी अरबको राष्ट्रिय तेल कम्पनी हो भने यो बजार पुँजीकरणका आधारमा विश्वको छैटौँ ठूलो कम्पनी हो। त्यसैगरी साउदी अरामको २०२५ जनवरीसम्मको तथ्यांकका आधारमा सबैभन्दा मूल्यवान गैह्रअमेरिकी कम्पनी पनि हो।
दोस्रो धेरै नाफा गर्ने कम्पनीमा अमेरिकी प्रविधि कम्पनी एप्पल रहेको छ। उच्च नाफासहितको सर्भिस र आईफोन बिक्रीबाट एप्पलले २०२४ मा ९७ अर्ब डलर नाफा आर्जन गरेको छ।
त्यसैगरी अमेरिकी धनाढ्य वारेन बफेटसमेतको स्वामित्व रहेको ब्रेकसायर हाथवे २०२४ मा धेरै नाफा आर्जन गर्नेमा तेस्रो स्थानमा रहेको छ। ब्रेकसायर हाथवेले गत वर्ष ९६.२ अर्ब डलर नाफा कमाएको थियो।
गुगलको माउ कम्पनी अल्फाबेटले ७३.८ अर्ब डलर, माइक्रोसफ्टले ७२.४ अर्ब डलर, इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनाले ५१.४ अर्ब डलर, जेपीमोर्गन चेजले ४९.६ अर्ब डलर र चाइना कन्स्ट्रक्सन बैंकले २०२४ मा ४७ अर्ब डलर नाफा कमाएको थिए।
त्यसैगरी मेटा प्लेटफर्मसले ३९.१ अर्ब डलर, एग्रिकल्चर बैंक अफ चाइनाले ३८ अर्ब डलर, एक्सन मोबाइले ३६ अर्ब डलर, जोन्सन एन्ड जोन्सनले ३५.२ अर्ब डलर, टोयोटा मोटरले ३४.२ अर्ब डलर नाफा आर्जन गरेका थिए। २०२४ मा बैंक अफ चाइनाले ३२.८ अर्ब डलर, अमेजोनले ३०.४ अर्ब डलर, एनभिडियाले २९.८ अर्ब डलर, यूबीएस ग्रुपले २७.८ अर्ब डलर, ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङले २७.४ अर्ब डलर, बैंक अफ अमेरिकाले २६.५ अर्ब डलर र पेट्रोब्रासले २४.९ अर्ब डलर नाफा आर्जन गरेका थिए।
एसएसबीसी होल्डिङसले २३.५ अर्ब डलर, युनाइटेड हेल्थ ग्रुपले २२.४ अर्ब डलर, टोटलइनर्जीज्ले २१.४ अर्ब डलर, सेभरोनले २१.४ अर्ब डलर, नाइना नेसनल पेट्रोलियमले २१.३ अर्ब डलर, चाइना मर्चेन्स बैंकले २०.७ अर्ब डलर, स्टेलेन्टिस ग्रुपले २०.१ अर्ब डलर, सेलले १९.४ अर्ब डलर गत वर्ष नाफा कमाएका थिए।
त्यसैगरी डटसे टेलिकोमले १९.२ अर्ब डलर, वेल्स फागोले १९.१ अर्ब डलर, फक्सवागन ग्रुपले १७.९ अर्ब डलर, एसबेरबैंकले १७.७ अर्ब डलर, फानी मेले १७.४ अर्ब डलर, भिसाले १७.३ अर्ब डलर, पेट्रोनासले १६.३ अर्ब डलर, टेनसेन्ट होल्डिङसले १६.३ अर्ब डलर, वालमार्टले १५.५ अर्ब डलर, मर्सिडिज बेन्ज ग्रुपले १५.४ अर्ब डलर नाफा गरेका थिए।
टेलिकम्युनिकसेन क्षेत्रको कमकास्टले १५.४ अर्ब डलर, चाइना मोबाइल कम्युनिकेसनन्सले १५.३ अर्ब डलर, बीपीले १५.२ अर्ब डलर, होम डिपोटले १५.१ अर्ब डलर, अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंकले १५ अर्ब डलर, रोसनेफ्ट ओइलले १४.९ अर्ब डलर, नोभर्टिसले १४.९ अर्ब डलर, प्रोक्टर एन्ड गेम्बलले १४.७ अर्ब डलर, नाइना नेसनल अफरोस ओइलले १४.६ अर्ब डलर, एटीएन्डटीले १४.४ अर्ब डलर, ब्रोडकमले १४.१ अर्ब डलर र लुकओइलले २०२४ मा १३.६ अर्ब डलर नाफा कमाएका थिए।
५० धेरै नाफा कमाउने कम्पनी मध्ये १४ वटा वित्तीय क्षेत्रका, १२ वटा ऊर्जा क्षेत्रका र ८ वटा प्रविधि क्षेत्रका कम्पनी रहेका छन्।