बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ १५ २०७८
images
images
राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै
images
images

बागमती- मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार योजना अधुरै रहेको छ। यहाँ चार वर्ष अघि थालिएको सो कार्य हालसम्म पूरा हुन सकेको छैन। 

images
images

विसं २०७५ मा विद्युत् विस्तारको काम एक वर्ष भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो। ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै वडामा विद्युत् विस्तार अधुरै रहन गएको छ। काठको खम्बा विस्थापित गर्ने योजनाका साथ प्राधिकरणको खातामा सो गाउँपालिकाले एक करोड रूपैयाँ जम्मा गरेको थियो।

images
images

उक्त रकममा प्राधिकरणले रु एक करोड थपेर काम अघि बढाएको थियो। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार पटकपटक ताकेता गर्दासमेत प्राधिकरणले विद्युतीकरणको काममा ध्यान दिएको छैन। प्राधिकरणको हेटौँडा वितरण केन्द्रको कार्यालयमा रहेको अभिलेखअनुसार गाउँपालिकाको खैराङ-खुर्कोट क्षेत्रमा ३४५ बिजुलीको पोल लगिएको छ। तर सो क्षेत्रमा ७५ पोल मात्र रहेको पाइएको छ।

images
images

प्राधिकरणको प्रतिवेदन अभिलेखमा सबै काम भएको पाइए पनि सो गाउँपालिकाको विभिन्न स्थानमा खम्बा, तारलगायत सामग्री यत्रतत्र छरिएर रहेको अध्यक्ष मल्लले बताए। विद्युत् प्राधिकरण, ठेकेदार कम्पनी, कर्मचारी र वडाध्यक्षका कारण काममा ढिलाइ भएको अध्यक्ष मल्लको आरोप छ । सो क्षेत्रमा चेपाङ र तामाङ समुदायको बसोबास रहेको छ। रासस 


प्रकाशित : शनिबार, माघ १५ २०७८०९:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend