काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्ट्सको उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले पश्चिम नेपालको धनगढी, नेपालगञ्ज र सुर्खेतमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट तथा छलफल कार्यक्रम गरेको छ।
नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक पार्टनर धनगढीको सयपत्री स्टोर्स, नेपालगञ्जको रवी ट्रेडर्स र सुर्खेतको दिपु एन्ड दर्शना अटो पाट्र्सको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रमहरूमा सयौँको संख्यामा नयाँ तथा पुराना बिक्रेता र मेकानिक्सले सहभागिता जनाएका थिए।
धनगढीमा सम्पन्न उक्त कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियन (एनएटीयू)का केन्द्रीय सदस्य रामनरेश चौधरीको प्रमुख अतिथिमा उक्त कार्यक्रम भएको थियो। अन्य ठाउँमा पनि एनएटीयूका पदाधिकारीहरु कार्यक्रममा सहभागी थिए।
रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स (पीजीएम) मीट कार्यक्रम अत्यन्त महत्वपूर्ण छ। यस कार्यक्रममार्फत हामीले रिटेलर तथा पीजीएम साथीहरूसँग प्रत्यक्ष छलफल गर्नमात्रै होइन, उनीहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने अवसर पनि प्राप्त भएको कम्पनीले जनाएको छ।
कार्यक्रममा नेपाल ल्युब आयलका प्रादेशिक बजार व्यवस्थापक राजन रावल र घनश्याम ओलीले गल्फका विभिन्न उत्पादनहरूको विस्तृत जानकारी प्रस्तुत गरेका थिए। उनीहरुले नेपाल ल्युब आयलको उत्पादनहरू अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेन्ट र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृत रूपमा जानकारी गराएका थिए।
त्यस्तै उनहरुले नेपाल ल्युब आयलले बिक्री गरिरहेको प्राइड ब्याट्रीको बारेमा पनि जानकारी दिएका थिए। छलफलकै क्रममा यी सम्पूर्ण क्षेत्रमा गल्फ लुब्रिकेन्ट्सको माग अत्यधिक रहेको र ग्राहकहरूको पहिलो रोजाइको ब्रान्डका रूपमा स्थापित भएको विषयमा सबै सहभागीहरूले समर्थन व्यक्त गरेका थिए।
कार्यक्रमहरूमा गल्फ लुब्रिकेन्टका विभिन्न ठाउँहरूमा अवस्थित रिटेलर तथा पीजीएम साथीहरूलाई सेल्सको आधारमा ‘बेस्ट रिटेलर सेल्स अवार्ड’ तथा ‘बेस्ट पीजीएम सेल्स अवार्ड’ प्रदान गरिएको थियो। साथै आगामी दिनमा पनि सेल्सको आधारमा सो अवार्ड प्रदान गरिने कम्पनीले जनाएको छ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ। नेपालमा गल्फ ब्राण्ड बिगत ३८ वर्षदेखि लगातार ग्राहकवर्गको रोजाइमा पर्दै आएको छ।