शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

तोलामा एक हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

images
बिहीबार , माघ २४ २०८१
images
images
तोलामा एक हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला पाँच रूपैयाँले महँगिएको छ।

images
images

काठमाडौं- यो साता आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबारयता लगातार उकालो लागेको छ। 

images
images
images

मंगलबार तोलामा एक हजार ९ सय र बुधबार दुई हजार २ सय रूपैयाँले वृद्धि भएको सुनको मूल्य बिहीबार प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको छ। 

images
images

बुधबार प्रतितोला एक लाख ६६ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला एक लाख ६८ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ।

images
images
images

लगातार बढिरहेको चाँदीको मूल्य पनि बिहीबार प्रतितोला पाँच रूपैयाँले महँगिएको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ७५ रूपैयाँ कायम थियो।


प्रकाशित : बिहीबार , माघ २४ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend