शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको संयुक्त आयोजनामा सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम

बुधबार, माघ २३ २०८१
माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको संयुक्त आयोजनामा सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम

माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको संयुक्त आयोजनामा सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ।

काठमाडौं- माछापुच्छ्रे क्यापिटल लिमिटेड र माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको संयुक्त आयोजनामा काठमाडौंको मनोहरास्थित सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

माछापुच्छ्रे क्यापिटलले आफ्नो ५औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजनाअनुरुप बुधबार वित्तीय साक्षरता कार्यक्रम गरेको हो।

उक्त कार्यक्रममा उच्च माध्यामिक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्याम्पसका कर्मचारीहरु तथा शिक्षकलाई सेयर बजारको जानकारी, लगाानीको महत्वलगायतका विषयमा वित्तीय जनचेतनासम्बन्धी सचेतना प्रदान गरेको छ।

क्यापिटलले आफ्नो स्थापनाको ५औँ वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भब्यताका साथ मनाइरहेको छ।

माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ।


प्रकाशित : बुधबार, माघ २३ २०८११७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend