शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य प्रतितोला एक हजार ९ सय रूपैयाँले बढ्यो

मंगलबार, माघ २२ २०८१
सुनको मूल्य प्रतितोला एक हजार ९ सय रूपैयाँले बढ्यो

मंगलबार सुनको मूल्य प्रतितोला एक हजार ९ सय रूपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला ३५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- मंगलबार सुनको मूल्य प्रतितोला एक हजार ९ सय रूपैयाँले वृद्धि भएको छ।

सोमबार प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला एक लाख ६४ हजार ७ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ।

चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ३५ रूपैयाँले वृद्धि भएको छ।

महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, माघ २२ २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend