शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ग्लोबल आईएमई बैंक र इन्फो डेभलपर्सबीच बैंकमा 'बजेट ३६०' सफ्टवेयर प्रयोगसम्बन्धी सम्झौता

मंगलबार, माघ २२ २०८१
ग्लोबल आईएमई बैंक र इन्फो डेभलपर्सबीच बैंकमा 'बजेट ३६०' सफ्टवेयर प्रयोगसम्बन्धी सम्झौता

उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता अभिवृद्धि गरी स्रोत परिचालनमा सहयोग पुग्ने विश्वास लिइएको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले इन्फो डेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ।

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एण्ड इनोभेसन निर्देशक उमेश रघुवंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता अभिवृद्धि गरी स्रोत परिचालनमा सहयोग पुग्ने विश्वास लिइएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकिङ इकोसिस्टममा 'बजेट ३६०' को प्रयोगले बैंकको बजेट र योजना क्षमतामा वृद्धि हुनुको साथै श्रोतहरूको उपयुक्त परिचालन सुनिश्चित गर्न, बैंकको वित्तीय उद्देश्यहरू पूरा गर्न र वित्तीय व्यवस्थापनमा प्रभावकारी निर्णय लिन मद्दत पुर्‍याउने र साथै समग्र बैंकको दिगो विकासमा योगदान पुर्‍याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

इन्फो डेभलपर्सका स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुवंशीले यस सफ्टवेयरले बैंकको वित्तीय योजनाहरूको कार्यलाई सरल बनाउन र डेटा आधारित निर्णय लिन सहयोग पुर्‍याउने समेत जानकारी दिए।

कम्पनीका अनुसार ‘बजेट ३६०’ स्वचालित रूपमा वित्तीय व्यवस्थापन गर्ने एक आधुनिक वित्तीय व्यवस्थापन प्रणाली हो। इन्फो डेभलपर्सले विकास गरेको यस सफ्टवेयरमा स्वचालित लक्ष्य निर्धारण, रियल टाइम रिपोर्टिङ, निरन्तर ट्रर्याकिङ लगायतको सुविधा जडित प्रणाली हो। यो सफ्टवेयर बैंकले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको बताइएको छ। 

यो प्रणाली कुनै पनि कोर बैंकिङ सिस्टम (सीबीएस) सँग सहजरुपमा इन्ट्रिगेट गरेर जान सकिने गरी डिजाइन गरिएको कम्पनीको भनाइ छ। 


प्रकाशित : मंगलबार, माघ २२ २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend