काठमाडौं- सुनको मूल्य सोमबार पनि स्थिर रहेको छ भने चाँदी प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।
आइतबारका लागि प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँ मूल्य तोकिएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
चाँदी आज प्रतितोला एक हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदी तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय १० रूपैयाँमा कारोबार भएको थियो।