शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य आज पनि स्थिर, चाँदीको घट्यो

सोमबार, माघ २१ २०८१
सुनको मूल्य आज पनि स्थिर, चाँदीको घट्यो

सुनको मूल्य यो साता लगातार दुईदिन स्थिर रहँदा चाँदीको मूल्य भने घटिरहेको छ।

काठमाडौं- सुनको मूल्य सोमबार पनि स्थिर रहेको छ भने चाँदी प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

आइतबारका लागि प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँ मूल्य तोकिएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

चाँदी आज प्रतितोला एक हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय १० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, माघ २१ २०८१११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend