शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता

आइतबार, माघ २० २०८१
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता

यस सहकार्यले खराब कर्जा असुली प्रणाली सुदृढ बनाउन तथा खराब कर्जा व्यवस्थापन गर्न बैंकलाई र कर्जा ग्राहकलाई थप सहज हुने विश्वास बैंकको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लिमिटेडबीच कर्जा असुलीसम्बन्धी सम्झौता भएको छ।

असुली परामर्शदाताको रुपमा कार्य गर्ने गरी तथा कर्जा असुली कार्यमा समेत सहजीकरण गर्ने गरी बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच डोल्मा कन्सल्टेन्सीसँग सम्झौता भएको हो। 

बैंक र डोल्मा कन्सल्टेन्सीबीच भएको सम्झौतापश्चात बैंकले ऋण असुली सम्बन्धी कानूनी परामर्श, तालिम र ऋण असुलीको लागि प्रयोग गरिने अन्तराष्ट्रिय स्तरको सफ्टवेयरको प्रयोग गर्न सक्नेछ।

यस सहकार्यले खराब कर्जा असुली प्रणाली सुदृढ बनाउन तथा खराब कर्जा व्यवस्थापन गर्न बैंकलाई र कर्जा ग्राहकलाई थप सहज हुने विश्वास बैंकको छ। 

प्रकाशित : आइतबार, माघ २० २०८११५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend