शनिबार, माघ १९ गते २०८१    
शनिबार, माघ १९ २०८१
images
images

सुनरा के फाइभ टेस्ट राइड सम्पन्न

इटालिया मोटरवर्क्सले सुनरा इलेक्ट्रिक स्कुटरको प्रदर्शन र विशेषतामा मिडियालाई जोड्दै

images
शुक्रबार, माघ १८ २०८१
images
images
सुनरा के फाइभ टेस्ट राइड सम्पन्न

इटालिया मोटरवर्क्सले सुनरा के फाइभसँगै रोबो-एस र ह्वांक मोडलहरू पनि विशेष छुटका साथ बजारमा उपलब्ध गराएको छ।

images
images

काठमाडौं- सुनरा इलेक्ट्रिक स्कुटरको नेपालीका लागि आधिकारिक बिक्रेता इटालिया मोटरवर्क्स प्रालिले सुनरा के फाइभ स्कुटरको मिडिया टेस्ट राइड सम्पन्न गरेको छ। यस कार्यक्रममा ४० भन्दा बढीको सहभागिता जनाएका थिए। 

images
images
images

सहभागीहरूले सुनरा के फाइभको पावर, प्रदर्शन, प्राविधिक विशेषताहरू, र मूल्य नीतिबारे प्रत्यक्ष रूपमा अनुभव गर्न पाएका थिए। सहभागीहरुले स्कुटरको गति, सुविधा, र ब्याट्री क्षमतालाई प्रशंसा गरेका थिए।

images

सुनरा के फाइभमा ४ किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ। यसमा उपलब्ध ७२ भोल्ट ३५ एम्पीयर आवरको ग्राफिन ब्याट्री ५-६ घण्टामा पूर्णचार्ज हुन्छ र एकपटकको चार्जले १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। सुनरा के फाइभको १ लाख ८९ हजार ९ सय रुपैयाँ राखिएको छ।

images
images
images

इटालिया मोटरवर्क्सले सुनरा के फाइभसँगै रोबो-एस र ह्वांक मोडलहरू पनि विशेष छुटका साथ बजारमा उपलब्ध गराएको छ। रोबो-एस मोडलमा ३ किलोवाट पावर क्षमताको मोटर, ७२ भोल्ट २० एमएएचको दुई लिथियम ब्याट्री दिइएको छ। यो स्कुटरले १ सय ३५ किलोमिटरसम्म रेन्ज दिने र ८० किलोमिटर प्रति घण्टाको टप स्पीडमा कुद्न सक्छ। यसको मूल्य ३ लाख ७९ लाख ९ सय रुपैयाँ रहेको छ भने ६० हजार रुपैयाँ छुटसहित यो अहिले ३ लाख १९ हजार ९ सय रुपैयाँमै उपलब्ध छ।

ह्वांक मोडल डबल वा सिंगल ब्याट्री विकल्पसहित उपलब्ध छ। डबल ब्याट्री संस्करणको मूल्य ३ लाख १७ हजार ९ सय रुपैयाँ रहेको छ भने ५८ हजार छुटसहित यसलाई २ लाख ५९ हजार ९ सय रुपैयाँमा पाउन सकिन्छ। सिंगल ब्याट्री संस्करण २ लाख ३६ हजार ९ सय रुपैयाँ मूल्यमा ३७ हजार छुटसहित १ लाख ९९ हजार ९ सय रुपैयाँमा बिक्री भइरहेको छ। ह्वांकले १८०० वाटको मोटर, १३५ किलोमिटरसम्मको यात्रा दुरी, र ६५ किलोमिटर प्रति घण्टाको स्पीड प्रदान गर्दछ।

इटालिया मोटरवर्क्सले गुणस्तरीय इलेक्ट्रिक स्कुटर र बेनेली ब्रान्डका मोटरसाइकलहरू नेपाली बजारमा पुर्याउँदै ग्राहकहरूलाई सहज, किफायती, र पर्यावरणमैत्री यातायात समाधान दिने प्रतिबद्धता जनाएको छ। कम्पनीको सेल्स तथा मार्केटिङ मेनेजर नबराज घिमिरेले भने, 'सुनरा स्कुटरहरूले नेपाली उपभोक्ताको आवश्यकता अनुरूप गति, सहजता, र टिकाउपनलाई प्राथमिकता दिँदै आएका छन्। यी मोडलहरूमा उपलब्ध छुटले ग्राहकहरूका लागि यो अवसरलाई अझै आकर्षक बनाएको छ।'


प्रकाशित : शुक्रबार, माघ १८ २०८११७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend