शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

मिसलिन टायर अब विशेष छुटसहित दराजमा उपलब्ध

शुक्रबार, माघ १८ २०८१
मिसलिन टायर अब विशेष छुटसहित दराजमा उपलब्ध

जसअनुसार पहिले ११ हजार ५ सय ९९ रुपैयाँ मूल्य पर्ने मिसलिन सिराक स्ट्रिट टीएल ९ हजार ९ सय ९९ रुपैयाँमा दराजमा ग्राहकले प्राप्त गर्न सक्ने छन्।

काठमाडौं- नेपालमा मिसलिन टायरको आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रालिले नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराजमा आफ्नो मिसलिन टायरहरु उपलब्ध गराएको छ। 

सिप्रदी अटोपार्टसले ग्राहकको सुविधालाई उच्च प्राथमिकता दिँदै सन् २०२५ जनवरीदेखि मिसलिन टायर दराजमा उपलब्ध गराएको हो।

मिसलिनका दुई वटा मोडेल दराजमा विशेष छुटसहित सिप्रदी अटोपार्टसले उपलब्ध गराएको छ।

अब ग्राहकले छिटो छरितो र सहज रुपमा मसलिन सिराक स्ट्रिट टीएल ९११०/९०-१८ ६१ पी० र मिसलिन सिटी प्रो टीटी ९९०/९०-१९ ५२ पी० टायर खरिद गर्न सक्ने छन्। पूर्वनिर्धारित मूल्यमा विशेष छुटसहित दराजमा टायर उपलब्ध गराइएको हो। 

जसअनुसार पहिले ११ हजार ५ सय ९९ रुपैयाँ मूल्य पर्ने मिसलिन सिराक स्ट्रिट टीएल ९ हजार ९ सय ९९ रुपैयाँमा दराजमा ग्राहकले प्राप्त गर्न सक्ने छन्।  यस्तै मिसलिन सिटी प्रो टीटी ७ हजार ६ सय ९९ रुपैयाँमा यसअघि बिक्री हुँदै आएकोमा अब विशेष छुटसहित ५ हजार ५ सय ५५ रुपैयाँमा नै सुपथ मूल्यमा उपलब्ध गराएको छ।

यसबाट ग्राहकहरुलाई थप टेवा पुग्ने र नक्कली टायर खरिदको जोखिमसमेत हट्ने छ। अगामी दिनमा सिप्रदी अटोपार्टसले मिसलिनका अन्य टायरहरु पनि दराजमा उपलब्ध गराउने छ। जसले गर्दा ग्राहकवर्गहरुले सुपथ मूल्यमा मिसलिन टायर पाउन सक्ने छन्। 

सिप्रदी अटोपार्टसले यो विशेष छुटमा मिसलिन टायर दराजबाट खरिद गरी मौकाको फाइदा उठाउन आफ्ना सम्पूर्ण ग्राहकहरुमा हार्दिक अनुरोध गरेको छ।


प्रकाशित : शुक्रबार, माघ १८ २०८११४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend