शनिबार, मंसिर ८ गते २०८१    
images
images

एक सातामा १५१ अंकले घटेको सेयर बजारमा अबको साता के होला?

images
शनिबार, माघ १५ २०७८
images
images
एक सातामा १५१ अंकले घटेको सेयर बजारमा अबको साता के होला?
images
images

काठमाडौं- यो साता आइतबारदेखि बिहीबारसम्म कारोबारको एक सातामा सेयर बजार मापक नेप्से परिसूचक १५१.३२ अंकले गिरावट आएको छ।

images
images
images

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि गिरावट आएको छ। गत साता १ खर्ब ५ अर्ब ४१ करोड रूपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता भने २ खर्ब १३ अर्ब ९० करोड रूपैयाँले गिरावट आएको छ। गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४१ खर्ब ४२ अर्ब ५३ करोड रूपैयाँ रहेको थियो। यो साता २ खर्ब १३ अर्ब ९० करोड रूपैयाँले सम्पति घटेर ३९ खर्ब २८ अर्ब ६३ करोड रूपैयाँमा झरेको छ। 

images

बढिरहेको सेयर बजार अहिले पुनः घट्दो ट्रेन्डमा प्रवेश गरेको छ। पुस ५ गतेदेखि यता ५६२ अंकले बढेको बजार यो साताको पहिलो दिन आइतबारदेखि नै लगातार घटिरहेको थियो। विश्लेषकहरूले यसलाई करेक्सन भएको भन्दै आउने सातादेखि फेरि बजारले नयाँ उचाइ लिने बताउँदै आएका छन्। 

images

गत साता कारोबारको अन्तिम दिन बिहीबार परिसूचक ७३.५९ अंकले बढेर २९३१.५९ बिन्दुमा पुगेर रोकिएको थियो। यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने सामान्य अंकले थामिएको छ।

यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १५१.३२ अंकले घटेर २७७९.९८ बिन्दुमा झरेको छ। अघिल्लो साता ७३.५९ अंकले बढेको नेप्से परिसूचक यो साता भने १५१.३२ अंकले गिरावट आएको हो। पछिल्लो ३ साता लगातार रुपमा बढेको नेप्से परिसूचक यो साता भारी अंकले गिरावट आएको हो।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २९२०.५१ बिन्दुमा झरेको थियो। तर नेप्से परिसूचकमा गिरावट आए पनि आइतबार सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले बढेको थियो भने फ्लोट इण्डेक्स १.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले घटेको थियो। आइतबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार कित्ता सेयर ७ अर्ब ३ करोड ८ लाख ८ हजार रूपैयाँ बराबरको कारोबार भएको थियो।

तथ्यांकले देखाउँछ चुनावी वर्षमा सेयर बजारको उत्साह, २०७९ मा के होला?

त्यस्तै साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक ९९.८६ अंकले गिरावट आएर २ हजार ८२०.६५ बिन्दुमा झरेको थियो। यसरी सोमबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार कित्ता सेयर ८ अर्ब ८८ करोड ८५ लाख रूपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार भने नेप्से परिसूचकमा सामान्य अंकले गिरावट आएको थियो। उक्त दिन परिसूचक ५.५९ अंक घटेर २ हजार ८१५.०६ बिन्दुमा झरेको थियो। त्यसैगरी सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको थियो। मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रूपैयाँ बराबरको कोरोबार भएको थियो।

मंगलबार सामान्य अंकले गिरावट आएको  नेप्से परिसूचक बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ बिन्दुमा झरेको थियो। सेन्सेटिभ इण्डेक्स ६.६ अंक, फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३४ अंक घटेको थियो। बुधबार कारोबारमा आएका २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता सेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रूपैयाँ बराबरको खरिद बिक्री भएको थियो।

साताको अन्तिम कारोबारको दिन बिहीबार भने नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएर थामियो। साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको  परिसूचक सामान्य अंकले वृद्धि भएको हो। बिहीबार परिसूचक ३.२९ अंकले वृद्धि भएर २७६९.९३ अंकमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.३८ अंक, फ्लोट इण्डेक्स ०.०५ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ। बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ६६ लाख ५७ हजार २३१ कित्ता सेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रूपैयाँको सेयर कारोबार भएको छ।


प्रकाशित : शनिबार, माघ १५ २०७८११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend