काठमाडौं- सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाली बजारमा प्रतितोला सुनको मूल्य २ हजार ३ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज शुक्रबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।