शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

२ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १८ २०८१
२ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

शुक्रबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाली बजारमा प्रतितोला सुनको मूल्य २ हजार ३ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज शुक्रबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : शुक्रबार, माघ १८ २०८११०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend