शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य पुन: उकालो, प्रतितोला १४ सयले बढ्यो

बुधबार, माघ १६ २०८१
सुनको मूल्य पुन: उकालो, प्रतितोला १४ सयले बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला १४ सय रूपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला २० रूपैयाँले महँगिएको छ।

काठमाडौं- नेपाली बजारमा यो साता लगातार घटिरहेको सुनको मूल्य बुधबार पुन: उकालो लागेको छ। 

बुधबार तोलामा एक हजार चारसय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँ पुगेको छ।

यो साता आइतबार तोलामा दुईसय र सोमबार तीनसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला ९ सय रूपैयाँले घटेको थियो। मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बुधबार प्रतितोला २० रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार मंगलबार प्रतितोला एक हजार ८ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ८ सय ५५ रूपैयाँ कायम छ।


प्रकाशित : बुधबार, माघ १६ २०८११०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend