शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा लगातार गिरावट, मंगलबार प्रतितोला ९ सयले घट्यो

मंगलबार, माघ १५ २०८१
सुनको मूल्यमा लगातार गिरावट, मंगलबार प्रतितोला ९ सयले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- यो साता सुनचाँदीको मूल्यमा लगातार गिरावट आएको छ। आइतबार तोलामा दुईसय र सोमबार तीनसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला ९ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ६० हजार एकसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारका लागि प्रतितोला एक लाख ५९ हजार दुईसय रूपैयाँ तोकिएको छ।

यस्तै आइतबार र सोमबार प्रतितोला १५-१५ रूपैयाँले घटेको चाँदीको मूल्य मंगलबार पनि प्रतितोला १५ रूपैयाँले सस्तिएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ५० रूपैयाँ कायम थियो।


प्रकाशित : मंगलबार, माघ १५ २०८११०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend