शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सुनको मूल्यमा लगातार गिरावट, मंगलबार प्रतितोला ९ सयले घट्यो

images
मंगलबार, माघ १५ २०८१
images
images
सुनको मूल्यमा लगातार गिरावट, मंगलबार प्रतितोला ९ सयले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- यो साता सुनचाँदीको मूल्यमा लगातार गिरावट आएको छ। आइतबार तोलामा दुईसय र सोमबार तीनसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला ९ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images
images

महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ६० हजार एकसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारका लागि प्रतितोला एक लाख ५९ हजार दुईसय रूपैयाँ तोकिएको छ।

images
images

यस्तै आइतबार र सोमबार प्रतितोला १५-१५ रूपैयाँले घटेको चाँदीको मूल्य मंगलबार पनि प्रतितोला १५ रूपैयाँले सस्तिएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

images
images
images

सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ५० रूपैयाँ कायम थियो।


प्रकाशित : मंगलबार, माघ १५ २०८११०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend