शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा

सोमबार, माघ १४ २०८१
रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा

सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

काठमाडौं- एनएमबि बैंक लिमिटेडले रुकुमस्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ।

आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्तरुपमा सोमबार बैंकको २०२औँ शाखाको उद्घाटन गरेका हुन्।

सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

आठविसकोट शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ।

आठविसकोट शाखासहित, एनएमबि बैंकले हाल देशभरी २ सय २ शाखाहरु, १ सय ८६ एटीएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।


प्रकाशित : सोमबार, माघ १४ २०८११७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend