शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सेरेसद्वारा नेपालभर 'लिमिटलेस एक्सपिरियन्स' का साथ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको सुरुवात

images
सोमबार, माघ १४ २०८१
images
images
सेरेसद्वारा नेपालभर 'लिमिटलेस एक्सपिरियन्स' का साथ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको सुरुवात

जनवरी २६ देखि सुरु भएको टेस्ट ड्राइभ क्याम्प ३० जनवरीसम्म चल्नेछ।

images
images

काठमाडौं- एमएडब्लु वृद्धिअन्तर्गत नेपालको अग्रणी ईभी ब्रान्ड सेरेसले 'लिमिटलेस एक्सपिरियन्स' एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु गरेको छ।

images
images
images

जनवरी २६ देखि सुरु भएको टेस्ट ड्राइभ क्याम्प ३० जनवरीसम्म चल्नेछ। यो सुविधा नेपालभरका सबै सेरेस शोरूमहरूमा उपलब्ध हुनेछ, जसमा काठमाडौं उपत्यकाका नक्साल, थसिखेल, भक्तपुर र नयाँबजारका चार र उपत्यका बाहिर पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरू रहेका छन्।

images
images

यो पाँच दिन लामो कार्यक्रमले ग्राहकहरूलाई विभिन्न विशेष अफर र सुविधाहरूको लाभ प्रदान गर्नुका साथै सेरेस ईभीहरूको अत्याधुनिक प्रविधि र पर्फर्मेन्स प्रत्यक्ष अनुभव गर्ने अवसर पनि प्रदान गर्ने कम्पनीले जनाएको छ।

images
images
images

सेरेसले नगद छुट, नि:शुल्क ७ किलोवाट चार्जर, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर र उत्कृष्ट एक्सचेन्ज मूल्य र बोनससहित विभिन्न अफरहरूका साथ इलेक्ट्रिक ड्राइभिङमा स्विच गर्ने आकर्षक मौका प्रदान गर्ने जनाएको छ।

कम्पनीका अनुसार बलियो निर्माण र आफ्नो खण्डमा उत्कृष्ट ग्राउन्ड क्लियरेन्सको साथ सेरेस ईभीहरू केवल सहरी यात्राको लागि मात्र नभइ नेपालको विविधतापूर्ण भू-भागमा पुग्न र अविस्मरणीय एडभेन्चरमा लैजान डिजाइन गरिएको छ।

यो कार्यक्रमले सम्भावित ग्राहकहरूका लागि सेरेस ब्रान्डलाई परिभाषित गर्ने यसका उन्नत सुविधा र अनुपम लक्जरी अन्वेषण गर्न एक उत्तम प्लेटफर्म प्रदान गर्ने एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिका बिजनेस हेड प्रशन्न पन्तले बताए।

'यदि तपाईँ ईभी गाडी लिन वा आफ्नो हालको गाडी अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने सेरेस एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले सुवर्ण अवसर प्रदान गर्दछ। सेरेससँगै ड्राइभिङको भविष्य अनुभव गर्न चाहने ग्राहकहरूलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौँ', उनले भने।


प्रकाशित : सोमबार, माघ १४ २०८१११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend