शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार, माघ १४ २०८१
प्रतितोला तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको छ।

काठमाडौं‌- आइतबार घटेको सुनचाँदीको मूल्य सोमबार पनि ओरालो लागेको छ। सोमबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

आइतबार प्रतितोला एक लाख ६० हजार चारसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि प्रतितोला एक लाख ६० हजार एकसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता आइतबार चाँदी प्रतितोला एक हजार ८ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, माघ १४ २०८१११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend