काठमाडौं- आइतबार घटेको सुनचाँदीको मूल्य सोमबार पनि ओरालो लागेको छ। सोमबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।
आइतबार प्रतितोला एक लाख ६० हजार चारसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि प्रतितोला एक लाख ६० हजार एकसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
यो साता आइतबार चाँदी प्रतितोला एक हजार ८ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।