बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

झ्याप्प झ्याप्प विद्युत् काटिँदा विद्यार्थीदेखि बिरामीसम्मलाई समस्या

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १३ २०७८
images
images
झ्याप्प झ्याप्प विद्युत् काटिँदा विद्यार्थीदेखि बिरामीसम्मलाई समस्या
images
images

भक्तपुर- मध्यपुरथिमि नगरपालिका-५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा छिन्। आउँदो एसइई परीक्षाको तयारीमा जुटेकी उनको विद्युत् बन्द भएर पढाइनै बिग्रिएपछि तनावमा परेकी हुन्। 
 
उनी मात्रै होइन आजभोलि दिउँसो र राति लोडसेडिङको झझल्को दिने गरी दैनिक विद्युत् आपूर्ति बन्द हुँदा अनलाइन कक्षामा सहभागी भएको हजारौँ विद्यार्थीदेखि कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बसेका बिरामीसमेत मारमा परेका छन्।

images
images

सुनिता भन्छिन्, 'थाहै नदिइ जतिबेला पनि दैनिक झ्याप्प झ्याप्प बत्ती जान्छ, अनलाइन कक्षा गर्दा धेरै मारमा परियो, सरले पनि गाली गर्नुहुन्छ, मेरो मात्रै हैन, भाइबहिनीदेखि साथीहरुको समस्या पनि उस्तै छ, बत्ती गएर हाम्रो पढाइ बिग्रिँदा यसको जिम्मेवारी विद्युत् प्राधिकरणले लिनुपर्दैन?' 

images
images

सुनिता त प्रतिनिधि पात्र मात्रै हुन, अचेल मध्यपुरथिमि राधेराधे क्षेत्रमा मात्रै नभइ भक्तपुरका विभिन्न क्षेत्रमा बिना सूचना विद्युत् प्राधिकरणले दिउँसो मर्मतका नाममा दैनिक एक घण्टादेखि चार घण्टासम्म विद्युत् आपूर्ति बन्द गर्दा धेरैलाई समस्या परेको गनासो छ। 

images
images

कोभिड-१९ को सङ्क्रमणमा परेर होम आइसोलेशनमा बसेका मध्यपुरथिमि नगरपालिका-९ कमेरोटारकी ७४ वर्षीय नरबहादुर थापाको समस्या पनि उस्तै छ। दैनिक अक्सिजन लिनुपर्ने भएपछि परिवारले अक्सिजन कन्सन्ट्रेटरनै घरमा ल्याएर राखिदिएका छन् । तर दैनिक घण्टौँ बत्ती जाँदा अक्सिजनसमेत लिन नपाएको गुनासो उनको छ। 

थापाका छोरा गोकुल थापाले भने, 'दैनिक अक्सिजन सिलिण्डर बोक्न समस्या भएकाले एक लाख तिरेर अक्सिजन कन्सन्ट्रेटर मेसिननै ल्याएर घरमा बुबालाई अक्सिजन दिन थालियो तर बत्ती जाँदा फेरि त्यही सिलिण्डरको भर पर्नुपरेको छ, कहिले त प्राधिकरणले अघोषित लोडसेडिङ पो गरेको हो कि जस्तो लाग्छ।'

दिउँसो त लाइन मर्मतको नाममा प्राधिकरणले बत्ती काट्छ, तर राति के भएर दैनिक १५-२० मिनेटको फरकमा झ्याप्प झ्याप्प बत्ती जान्छ उपभोक्ता छक्क परेका छन्। एक सातायता मध्यपुर थिमिको राधेराधे, सङ्गम कोलोनी, कमेरोटारलगायतका क्षेत्र र जिल्लाका अन्य क्षेत्रमा पनि साँझ परेपछि दैनिक झ्याप्प झ्याप्प बत्ती जाने गरेपछि उपभोक्ता दिक्क भएका छन्। 
 
सूर्यविनायक नगरपालिका-२ बालकोटका मञ्जु न्यौपानेले भने, 'सरकार विद्युत् जति पनि छ, अब ग्यासमा हैन, इन्डक्सन चुलोमा खाना बनाउनुस् भन्छ, विद्युत् प्राधिकरण झ्याप्प झ्याप्प बत्ती काट्छ, हामीले दैनिक बत्ती जाने समस्याले वाक्क भइसक्यौं ।' राति बत्ती जान थालेपछि विद्युत् प्राधिकरणका कर्मचारीले पनि सास्ती भोग्ने गरेका छन् । राति पटक पटक बनाउन जाँदा सास्ती भएको उनीहरु बताउँछन्।

कर्मचारीले पनि बत्ती जान थालेपछि नोलाइटमा फोन उठाउनै नभ्याउने गरी गुनासो आउने गरेको विद्युत् प्राधिकरण नोलाइटका एक कर्मचारीले बताए। ती कर्मचारीले भने, 'राति हामीले बत्ती काट्ने होइन, बत्ती खपत बढी भएपछि ट्रान्समिटरले लोड धान्न सक्दैन, बत्ती गइरहन्छ, कहाँ समस्या हो, पहिचान गरेर कर्मचारी बनाउन जाँदा आधा घण्टा त लागिहाल्छ, बनाएर आउन नपाइ फेरि बत्ती गयो भन्ने गुनासो आउँछ, हामीलाई पनि कहाँ सजिलो छ र ? ग्राहकले यो कुरा बुझ्दैनन्, कहिले त फोनमै गाली गर्छन्।'
 
नेपाल विद्युत् प्राधिकरण थिमि शाखाका प्रमुख रोहिनी पौडेलले दिउँसो समस्या आएका ठाउँमा लाइनमर्मत गर्न जाँदा विद्युत् आपूर्ति बन्द गर्नुपरेको बताए। राति भने लोड धान्न नसकेर समस्या आएको उनको भनाइ छ। राति घर-घरमा हिटरदेखि इन्डक्सनसम्म बल्ने गरेको र एकै पटक खपत धेरै हुँदा ट्रान्समिटरले लोड धान्न नसकेर बत्ती जाने गरेको उनको भनाइ छ।

दैनिक बत्ती जान थालेपछि ग्राहकको निकै गुनासो आउन थालेको बताउँदै प्रमुख पौडेलले भने, 'राति एकै पटक धेरै विद्युत् खपत हुन थालेका छ, ट्रान्समिटरले लोड नै धान्दैन, लोड धान्न नसकेपछि ट्रान्समिटरको एमसिबी झरेको झर्‍यै गर्छ, अनि बत्ती गइरहन्छ, ट्रान्समिटर नफेरेसम्म यो समस्या आउने देखिन्छ।' ट्रान्समिटर फेर्नका लागि पहल गर्ने उनको भनाइ छ। 
 
हरेक क्षेत्रमा बस्ती बढ्दै जाँदा विद्युत्को खपत पनि बढेको तर प्राधिकरणले ट्रान्समिटरको क्षमता भने नबढाउँदा समस्या आएको प्राधिकरणकै कर्मचारीको भनाइ छ। '२० वर्ष अगाडिका ट्रान्समिटर अझै चलेका छन्, समस्या भएको ठाउँमा र माग बढी भएको ठाउँमा थप क्षमताको ट्रान्समिटर राख्नुपर्छ, तर केन्द्रले त्यसतर्फ ध्यान दिनसकेको छैन, ग्राहकको गाली भने हामी दिनरात खटिने कर्मचारी खान्छौँ, खै हामी साना कर्मचारीले के भन्ने', ती कर्मचारीको गुनासो छ। रासस


प्रकाशित : बिहीबार , माघ १३ २०७८१३:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend