शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

आइतबार, माघ १३ २०८१
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

आइतबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गएको शुक्रबारको तुलनामा सुनको मूल्य आइतबार प्रतितोला दुईसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

गत शुक्रबार प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला एक लाख ६० हजार ४ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, माघ १३ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend