शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सिप्रदी ट्रेडिङद्वारा महानगर यातायातलाई ४० वटा टाटाका नयाँ बस हस्तान्तरण

शुक्रबार, माघ ११ २०८१
सिप्रदी ट्रेडिङद्वारा महानगर यातायातलाई ४० वटा टाटाका नयाँ बस हस्तान्तरण

यी बसहरू थानकोटदेखि बनेपासम्मको नयाँ रूट सञ्चालन गर्नेगरी रुट तय गरिएको महानगर यातायातले जनाएको छ।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले महानगर यातायात प्रालिलाई ४० वटा टाटाका नयाँ एलपी७१२/४२ एनईओ बस हस्तान्तरण गरेको छ। बिहीबार एक कार्यक्रमगरी सिप्रदीले महानगर यातायातलाई उक्त बस हस्तान्तरण गरेको हो। 

यी बसहरू थानकोटदेखि बनेपासम्मको नयाँ रूट सञ्चालन गर्नेगरी रुट तय गरिएको महानगर यातायातले जनाएको छ। 

कार्यक्रममा महानगर यातायातका अध्यक्ष, पदाधिकारी  र यातायात क्षेत्रका व्यक्तिहरु सहभागी थिए। सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले महानगर यातायातसँगको बलियो सहकार्य रहेको बताए। उनले भने, 'महानगर यातायातजस्तो अग्रणी संस्थासँगको हाम्रो सहकार्यले नेपाली यातायात क्षेत्रलाई अझ सुदृढ बनाएको छ। हामी सधैँ उत्कृष्ट गाडी मात्र होइन, उत्कृष्ट सेवा र समर्थन पनि प्रदान गर्न प्रतिबद्ध छौँ।'

महानगर यातायात प्रालि २०७२ सालमा स्थापना भइ ३९ वटा  ३२ सिटर बसमार्फत सञ्चालनमा आएको थियो। २०२२ मा थप १० वटा बस सञ्चालनमा ल्याउँदै हाल यस संस्थाले ४० वटा नयाँ बस थप गरी आफ्नो सेवा दायरा अझ विस्तार गरेको छ।

mahanagar 1.jpg

यी नयाँ बसहरू थानकोटदेखि बनेपासम्मको नयाँ रूटमा सञ्चालन हुनेछन्। यसले हजारौँ यात्रुहरूको यात्रा सहज बनाउँदै, सस्तो र भरपर्दो यातायात सेवा प्रदान गर्नेछ। हाल महानगर यातायातमा ३७ जना बोर्ड सदस्यहरू ९१९ पुराना र १८ नयाँ सदस्यहरू छन्।

कार्यक्रममा महानगर यातायातका कोषाध्यक्ष हरिप्रसाद रिमालले सिप्रदी ट्रेडिङसँगको सहकार्यले महानगर यातायातलाई अझ बलियो बनाएको बताए। नयाँ बसहरूले न केवल नयाँ रूट सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्नेछन्, तर यात्रुहरूलाई सहज र भरपर्दो सेवा प्रदान गर्ने महानगर यातायातकझ प्रतिबद्धतालाई पनि अझ सुदृढ बनाउने उनले विश्वास व्यक्त गरे। 

सो अवसरमा महानगर यातायातका उपाध्यक्ष सन्तोष खतिवडाले महानगर यातायातलाई अब पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिने बताए। पब्लिक लिमिटेड कम्पनीका रूपमा अघि बढ्दै, कम्पनीको सेयर आइपीओ जारी गर्ने तयारी गरिरहेको उल्लेख गरे। यस कदमले महानगर यातायातलाई सार्वजनिक यातायात क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी बनाउनेछ। यस ऐतिहासिक उपलब्धिले नेपाली यातायात क्षेत्रमा नयाँ आयाम थप्ने उनले विश्वास छ।


प्रकाशित : शुक्रबार, माघ ११ २०८११६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend