काठमाडौं- 'चितवन महोत्सव २०८१' मा जी मोटर्स प्रालिले स्काइवेलका विद्युतीय सवारिको आधिकारीक वितरकले व्यापार मेलाबाट स्काइवेलको १.१५ करोड माथीको नेपाल कै सर्वाधिक रेन्ज ६ सय २० किमी दिने प्रीमियम इभी 'ईटी ५' महोत्सब बाट ५ वटा डेलिभरी भएको छ।
सबै बुकिङलाई जी मोटर्स प्रालिले डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारसमणी गेलालले जानकारी दिए।
चितवन महोत्सब २०८१ मा 'जी मोटर्स स्काइवेल' अटोतर्फको वेस्ट स्टल अवार्ड पनि प्राप्त गरेको छ। छिट्टै ग्राहकहरुको सुविधालाई ध्यान दिइ सेल्स शोरुम एवम् सर्भिसको पूर्ण सुविधा उपालब्ध गराउने जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए।
चितवन महोत्सब २०८१ मा उपलब्ध ईभीमा स्काइवेल कै प्रिमियम र लङ्ग रेन्ज रोज्नुको कारण चाहिँ नेपालको बाटोमा १९७ एमएम ग्राउन्ड क्लियरेन्स भएको एवम् सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न एसयूभी त्यो पनि ईभी मै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त कार रोजेकामा प्रबन्ध निर्देशक गेलालले चितवनका ग्राहकलाई धन्यवाद दिए।
आगामी दिनमा जी मोटर्सले चितवन क्षेत्रको बजारलाई मुख्य बजारको रुपमा लिएर अगाडी बढ्ने एबम एकदम चाँडै सेल्स, शोरुम, सर्भिस र पर्ट्स चितवनका ग्राहकलाई सहज रुपमा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीको छ।
हाल नेपालमा १४० वटा भन्दा बढी स्काइवेलका ईटी ५-६२० किमी प्रिमियम विद्युतीय एसयूभी बिक्री भइसकेका छन् भने चितवन महोत्सबमा ५ भन्दा बढी बुकिङ रहेको छ। ईटी ५, बीई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका लागी उपलब्ध रहेका छन्।
नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काइवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भू-भागमा सहजै यात्रा गर्न सकिनेछ।
स्काइवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो।