शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

निरन्तर सफलता पाइरहेको ग्लोबल आईएमई बैंकको १८ वर्ष पूरा, यस्तो छ वित्तीय अवस्था

images
बिहीबार , पुस १८ २०८१
images
images
निरन्तर सफलता पाइरहेको ग्लोबल आईएमई बैंकको १८ वर्ष पूरा, यस्तो छ वित्तीय अवस्था
images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक व्यावसायिक रूपमा सञ्चालनमा आएको यही पुस १८ गते १८ वर्ष पूरा भएको छ। बैंक आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढ्न सफल भइरहेको ग्लोबल आईएमई बैंकले जनाएको छ।

images
images
images

२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंकको पुँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ भने कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन।

images
images

एफपीओ जारी गर्दा तथा हकप्रद सेयर जारी पश्चात लिलाम गरी बिक्री गरिएका सेयरबाट संकलन गरिएको सेयर प्रिमियमको रकम र निकायहरु एक आपसमा गाभिँदा, सेयर स्वापको कारण गाभिनु पूर्वको पुँजी र गाभिए पश्चात कायम भएको पुँजीको भिन्नताको रकम (पुँजीगत जगेडा कोष) बाट आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई वितरित लाभांश रकमलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल गर्नुपर्ने विवाद सर्वोच्च अदालतसम्म पुगि, पुँजीगत जगेडा रकम र सेयर प्रिमियमको रकम समेतमा एकमुष्ठ एक अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३ सय ८१ रुपैयाँ र थप रकम करको रूपमा सरकारलाई बुझाउन परेकोले बैंकको जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको बैंकले जनाएको छ।  

images
images
images

globl tab.jpg

आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा ८८६.७३ करोड र कर पछिको मुनाफा ६१३.७४ करोड हासिल गर्न सफल भएको जनाएको छ। २०८०/०८१ मा बैंकको सञ्चालन मुनाफाको संक्षिप्त विवरण निम्नानुसार रहेको छ।

glob tab tt.jpg

आर्थिक वर्ष २०८०/०८१ मा बैंकको खुद व्याज आम्दानी गत वर्ष भन्दा २५ करोडले कमी भएको छ भने फिशुल्क तथा सञ्चालन आम्दानीमा भने ११२.७७ करोडले वृद्धि भएको छ। त्यस्तै, सञ्चालन खर्च तर्फ पनि १०८.४६ करोडले वृद्धि भएको छ।

समीक्षा अवधिमा बैंकको खुद मुनाफामा ५५.६९ करोडले कमी आएको छ। कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षा अनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्षमा पनि बैंकको खुद मुनाफामा सङ्कुचन आएको छ।

यस आर्थिक वर्षमा बैंकको कुल कर्जा ४.३८ प्रतिशत तथा निक्षेपमा १४.९२ प्रतिशतले बढोत्तरी भयो। निक्षेपका दरहरुमा उल्लेखनीय रुपमा कमी आए पनि निक्षेपको आकार बढ्दा र कर्जाको न्यून बढोत्तरीले खुद ब्याज आम्दानीमा प्रत्यक्ष असर पुर्‍याएको छ। यसको अतिरिक्त गत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि कर्जा असुलीमा केही समस्या देखिएकोले थप कर्जा नोक्सानीको व्यवस्था गर्नु परेको कारण सञ्चालन मुनाफामा कमी आएको छ। सञ्चालन आम्दानीको बढोत्तरी तथा सञ्चालन खर्चमा गरिएको नियन्त्रणले मुनाफालाई सन्तुलनमा राख्न टेवा पुर्‍याएको छ।     

चालु आर्थिक वर्षको प्रथम त्रैमासको प्रगति 

चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा बैंकको निक्षेपमा २४.५१ अर्बले वृद्धि भइ ५२९.३८ अर्ब पुगेको छ भने कर्जा लगानी तर्फ पनि २७.८६ अर्बले वृद्धि भइ ४१८.६३ अर्ब पुगेको छ। चालु वर्षको प्रथम त्रैमास अवधिमा बैंकले १५१ करोड भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तमा बैंकको निष्कृय कर्जा ४.६७ प्रतिशत कायम भएकोले कर्जा असुलीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडि बढ्नु पर्ने अवस्था रहेको छ।

भावी कार्यक्रम

आगामी दिनमा ग्राहकहरुलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, सेयरधनीहरुलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रिणी बैंकको रुपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरु संचालन गरिने छ।

बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्द्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरु समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

भरपर्दो र विश्वासिलो डिजिटलमा आधारित सर्वसुलभ बैंकिङले सेवाग्राही र सेवा प्रदायक दुवैको समय र पैसा बचत हुनुको साथै बैंकको मानव संशाधनको लागत समेत घट्न जाने विश्वास रहेको छ।

आधुनिक प्रविधिमा आधारित व्यावसायिक सेवाबाट बैंकको दीर्घकालिन मजबुतिकरणमा मदत पुगि सेयरधनीहरुलाई उच्चतम प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति दिलाउने अपेक्षा गरिएको जनाएको छ।

बैंकले आगामी दिनमा निम्नानुसारको रणनीति/कार्ययोजनाहरु अवलम्बन गर्दै जानेछ

'सबैको लागि बैंक' भन्ने नारालाई व्यवहारमा नै रुपान्तरण गर्नका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयहरु मार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अगाडि बढ्ने लक्ष्य सफलता उन्मुख रहेको छ।

हाल यस बैंकले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा कार्यालयहरु, शाखा रहित बैंकिङ सेवा, ए.टि.एम, एक्सटेन्सन र अन्य काउन्टरहरु समेत जम्मा १,१०० सेवाकेन्द्र मार्फत करिव ५० लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। मुलुकभर अझैपनि ठूलो संख्यामा बैंकिङ पहुँच बाहिर रहेका जनतालाई बैंकिङ सेवा प्रदान गर्दै लैजाने नीति प्राथमिकतामा रहेको छ।

आगामी समयमा बैंकले दिगो व्यवसायिक वृद्धि ९सस्टेनेबल बिजनेस ग्रोथ० का लागि आफ्नो वार्षिक व्यवसायिक कार्ययोजना अनुरुपका रणनीतिहरु कार्यान्वयन गर्दै जानेछ। यसका लागि बैकले निक्षेप तर्फ सीएएसए डिपोजिट र कर्जा प्रवाह तर्फ एसएमईररिटेलर एमएसएमईरप्रायोरेटी सेक्टर लेन्डिङ लाई प्राथमिकता प्रदान गर्ने तथा शुल्कमा आधारित आम्दानीमा समेत जोड दिई कार्यहरु सञ्चालन गर्दै जाने छ, जसबाट सेयरधनीहरुलाई उचित प्रतिफल प्राप्त हुने विश्वास लिएको जनाएको छ

हरित तथा दिगो विकास (ग्रिन एन्ड सस्टेनेबल डेभलपमेन्ट) का लागि कायम गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्यहरुलाई आत्मसाथ गर्दै दिगो, न्यून कार्वन (लो कार्बन), वृताकार अर्थतन्त्र (सर्कुलर इकोनोमी) को दिशामा सहयोगसिद्ध हुने गरी व्यवसाय सञ्चालन र कर्जा प्रवाह गर्ने गतिविधीहरुलाई थप प्रवर्द्धन गरिने छ।

लैङ्गिक एवं सामाजिक समावेशिता र वातावरणीय सुरक्षा कायम हुने गरी दिगो विकासको लक्ष्यलाई थप टेवा पुर्‍याउने हेतुले केन्द्रिय स्तरमा बैंकले हरित तथा दिगो बैंकिङ इकाई (ग्रिन एन्ड सस्टेनेबल बैंकिङ युनिट) स्थापना गरी कार्यक्रम अगाडि बढाइरहेकोमा सो कार्यलाई निरन्तरता दिई नेपालको अग्रणी बैंकको रुपमा स्थापित गर्ने गराउने नीति लिइनेछ।

बैंकले थप भ्यालु एडेड सर्भिस र प्रोडक्ट बजारमा पुर्‍याउने कार्ययोजना बनाएको छ। निक्षेप तथा कर्जाका विभिन्न प्रोडक्ट (प्रोडक्ट) हरुको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी आवश्यकता अनुरुप थप परिमार्जन गर्ने तथा नयाँ प्रोडक्टको विकास गरी कार्यान्वयन गर्दै जाने योजना बनाएको छ। हालै बैकले प्रविधिमा आधारित ग्लोबल जुनियर एप र फ्ल्यास (फास्ट लोन अगेन्स्ट सेयर) कार्यान्वयनमा ल्याएको छ। बैंकले प्रविधिमा आधारित बैंकिङ सेवा (टेक्नोलोजी ड्रिभन बैंकिङ सोलुसन) लाई प्राथमिकता राखेको छ।

बैंकले विगत वर्षहरुमा अन्तर्राष्ट्रिय वित्त निकायहरु जस्तै इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी), ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई), स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केट (एसआईएफईएम), ग्लोबल क्लाइमेट पार्टनरसिप फन्ड, एएफडब्लू (डेभ बैंक (डीएफआई), मसरेक बैंक जस्ता वित्तीय संस्थाहरुबाट बाह्य कर्जा लिई लगानीको श्रोतको व्यवस्थापन गर्दै आएको छ।

चालु आ.व.मा समेत बैंकको ओपीईसी फन्ड फर इन्टरनेसनल डिभिलपमेन्ट,  एसियन डेभलपमेन्ट बैंक ९एडीबी०, डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी), एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) जस्ता निकायहरुबाट आवश्यकता र औचित्यताको आधारमा श्रोतको व्यवस्थापन तथा परिचालन गर्ने योजना रहेको छ।

उल्लिखित अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुसँगको व्यवसायिक सम्बन्धले लगानीको श्रोत प्राप्त गरेको मात्र नभई बैंकको अन्तर्राष्ट्रिय साखमा समेत अभिवृद्धि भएको र बैंकले गरेको श्रोतको उपयोग तथा कार्य सञ्चालनafट अन्तर्राष्ट्रिय वित्तीय साझेदारहरु थप उत्साहित भई बैंकसँग थप कारोवारको लागि अनुरोध गरिरहेका छन्। बैंकको व्यावसायिक हितलाई पहिलो प्राथमिकतामा राखी आगामी दिनहरुमा यस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुसँगको कारोबार अगाडि बढाइने नीति रहेको छ।

घरेलु कच्चा पदार्थमा आधारित साना र मझौला उद्योगको बिकासबाट मात्र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने मान्यताबाट यस क्षेत्रको कर्जा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ। त्यस्तै, निक्षेप सङ्कलनको हकमा पनि जनसाधारणकै वचतलाई लक्षित गर्दै आईएको र यसलाई नै बैंकको आधारभूत श्रोत (कोर रिसोर्सेस) को रूपमा महत्व दिई आएको छ। बैंकको यो नीतिलाई आगामी आर्थिक वर्षहरु मा समेत निरन्तरता दिइने छ।

मुलुकभर विकासको पूर्वाधार निर्माण सम्बन्धी कार्यहरु निरन्तर रुपमा वृद्धि भइरहेको र पूर्वाधार विकास मुलुकको तीनवटै तहका सरकारहरुको प्राथमिकतामा भएको परिप्रेक्ष्यमा सो अवसरलाई सदुपयोग गर्ने गरी निर्माण व्यवसायीहरुको आवश्यकता र सुविधालाई ध्यानमा राखी आपसी सहकार्यलाई प्राथमिकता दिइने छ।

विप्रेषण (रेमिट्यान्स) नेपालको अर्थतन्त्रको मेरुदण्ड हुनुका साथै यस बैंकको व्यवसायको एउटा प्रमुख र भरपर्दो आधार समेत हो। संसारभर विभिन्न राष्ट्रहरुमा रहेका बैंकका आधिकारिक प्रतिनिधिहरुको साथै स्वदेशी र विदेशी व्यावसायिक साझेदारहरुसँगको सहकार्यबाट हालसम्म विश्वका विभिन्न मुलुकबाट उल्लेख्य मात्रामा रेमिट्यान्स भित्र्याउँदै आएका छौँ। आगामी वर्ष यस बैंक मार्फत भित्रिने रेमिट्यान्सलाई थप वृद्धि गर्नका लागि रेमिट्यान्स बजार विस्तार तथा ब्यवस्थापनलाई अझ प्रभावकारी बनाइने छ।

बैंकको व्यावसायिक पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्दै कारोवारको प्रवर्द्धन गर्न अष्ट्रेलिया, भारत तथा संयुक्त अधिराज्यमा प्रतिनिधि कार्यालयहरु सञ्चालनमा रहेको छ। आर्थिक रुपले सम्पन्न एशियाको महत्वपूर्ण राष्ट्र दक्षिण कोरियामा पहिलो अन्तर्राष्ट्रिय शाखा खोल्ने प्रयास जारी रहेको छ। व्यावसायिक अवसरको विश्लेषण गरी नेपाल राष्ट्र बैंक तथा आवश्यक अन्य निकायहरुबाट स्वीकृति प्राप्त भएको अवस्थामा बेलायत, अमेरीका जस्ता विभिन्न संभाव्य राष्ट्रहरुमा शाखा कार्यालय खोली कारोबार गर्ने योजना रहेको छ। त्यसैगरी डिजिटल मनी (ईमनी) कारोबार इजाजतको लागि समेत प्रयत्न गरिने छ।

बैंकले सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आधुनिक प्रविधिमैत्री गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै अगाडि बढ्ने नीति अवलम्बन गरेको छ। सोका लागि बैंकले छुट्टै डिजिटल बैंकिंग ईकाइ गठन गरी आवश्यक पूर्वाधार समेत खडा गरी कार्यारम्भ गरिसकेको परिप्रेक्ष्यमा प्रविधिको प्रयोगबाट हुने लाभको सूक्ष्म बिश्लेषण गर्दै सम्पूर्ण बैंकिङ सेवाहरु डिजिटल बैंकिङको प्रविधिमार्फत प्रदान गर्दै कारोबारलाई अघि बढाउने नीतिलाई निरन्तरता दिइने छ।

बैंकको आन्तरिक काम कारवाही बढी मात्रामा स्वचालित (अटोमेसन) गरी मितव्ययी बनाउदै लैजाने नीति रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा ग्राहकले खाता खोल्न, डलर कार्ड, क्रेडिट कार्ड, एटिएम कार्ड प्राप्तगर्ने, भुक्तानी गर्ने लगायत कार्डसम्बद्ध सेवाहरु, एलसी/ग्यारेन्टी सुविधा, सेयर कर्जा लगायतको कारोवार अनलाईनबाटै गर्न मिल्ने कस्टुमर सेन्ट्रिक बीपीएम कार्यान्वयनमा ल्याइएको छ। कर्मचारीको प्रत्यक्ष संलग्नता विना नगद तथा चेकको कारोवार गर्न सकिने डिजिटल युनिभर्स सञ्चालनमा आएको छ।

प्रविधिमा आधारित यस किसिमको सेवाहरुबाट व्यवसायिक प्रभावकारीता बढाएको विश्वास सहित आगामी दिनहरुमा समेत नयाँ नयाँ प्रविधिमैत्री सेवाहरु थप गर्दै लैजाने नीति लिएको जनाएको छ।

कर्मचारीहरु बैंकका मुख्य सम्पत्ति हुन् र उनीहरुको ज्ञान र अनुभवलाई बैंकको व्यावसायिक उद्देश्य प्राप्तिसँग जोड्दै कर्मचारीहरुको वृत्ति विकासका लागि वार्षिक तालिम कार्यतालिका तर्जुमा गरी कार्यान्वयन गर्दै आएकोमा यसलाई अझ प्रभावकारी तथा डिजिटल प्रविधिको सहयोगमा सम्पूर्ण कर्मचारी वर्गमा निरन्तर ज्ञान आदान प्रदान गर्ने व्यवस्था मिलाउने छौँ।

बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध छ। संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित भएका छन्। यसरी विभिन्न पृष्ठभूमिबाट आएका कर्मचारीहरुको उचित व्यवस्थापन एवम् व्यावसायिक दक्षता अभिबृद्धि गरी बैंकको व्यावसाय वृद्धिमा टेवा हुने गरी कार्यक्रमलाई निरन्तरता दिइने छ।

मुलुकले अबलम्बन गरेको संघीय संरचना बमोजिम ७ वटै प्रदेश कार्यालयहरुको काम, कर्तव्य अधिकार थप गर्दै अधिकार सम्पन्न बनाउँदै लैजाने नीति लिइएको छ।

समाजको जिम्मेवार कर्पोरेट सदस्यको हैसियतमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सदैव प्राथमिकतामा राख्दै आएको छ। शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण लगायत एवम् विपन्न वर्गको जीवनस्तर उठाउनका लागि सक्दो सहयोगको नीति अबलम्बन गर्नेछ।

बैंकले जोखिम व्यवस्थापन तथा अनुपालनालाई अत्यन्तै महत्वको साथ अबलम्वन गर्दै आइरहेको छ। सञ्चालक स्तरीय जोखिम व्यवस्थापन समिति एवं व्यवस्थापन तहको जोखिम व्यवस्थापन समिति गठन गरी बैंकका विभिन्न किसिमका जोखिमहरुको पहिचान तथा न्यूनीकरणका विधिहरु अबलम्वन गर्दै आइरहेको छ। हाल कार्यान्वयनमा रहेका विभिन्न विधि र प्रकृयाहरुमा थप पुनरावलोकन गरी आवश्यकता अनुसार जोखिम व्यवस्थापन तथा अनुपालनालाई प्रभावकारी बनाइनेछ।

बैंकले जोखिम व्यवस्थापन कार्यलाई अझ बढी प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय असल अभ्यासहरुलाई अनुसरण गरी कार्यान्वयन गर्ने गराउने कार्यलाई जोड दिने छ। यसका लागि समीक्षा वर्ष देखिनै इन्टरनेशनल फाइनान्स कर्पोरेसनको कार्य प्रारभ्भ गरिएको छ। यसबाट बैंकको जोखिम व्यवस्थापन कार्य थप प्रभावकारी हुने विश्वास लिएको जनाएको छ।

कर्जाको गुणस्तरमा सुधार गर्ने गराउने, नियमित रुपमा ऋणीको व्यावसायको अनुगमन तथा निरीक्षण कार्यको कार्यान्वयन गर्ने र पूर्व चेतावनीका लक्षण (अर्ली वार्निङ सिग्नल) देखिएका कर्जाहरुको समयमानै पहिचान तथा व्यवस्थापन गर्न समीक्षा वर्ष देखिनै केन्द्रिय स्तरमा क्रेडिट मनिटरिङ युनिट गठन गरी कार्यारम्भ गरिएको छ र यसलाई थप प्रभावकारी बनाउँदै लगिने छ।

उल्लिखित मुख्य भावी कार्यक्रमहरुको निरन्तरताबाट बैंकको व्यवसाय वृद्धि गर्ने र जोखिम व्यवस्थापनका साथै विगतमा झैँ आगामी दिनमा सेयरधनीलाई उच्च प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति गराउन बैंक क्रियाशील रहने छ।

इन्टरनेशनल अवार्डस्

बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६,  सन २०२२ मा युरोमनी अवार्ड, दि बेस्ट बैंक इन नेपाल, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफुलाई स्थापित गरीसकेको छ।

विश्वमै ख्यातिप्राप्त अवार्डले प्रत्येक वर्ष वित्तीय क्षेत्रका विशेषज्ञहरुबाट गहिरो अध्ययन तथा विश्लेषण गरी/गराई तोकिएको मापदण्ड पूरा गर्ने बैंकहरुलाई विविध विधामा अन्तर्राष्ट्रियस्तरको युरोमनी अवार्ड प्रदान गर्दै आएकोमा नेपालबाट ग्लोबल आईएमई बैंक दि बेस्ट बैंक इन नेपाल २०२४ र बेस्ट बैंक फर ईसीजी (इन्भारोमेन्टल, सोसियल एन्ड गभर्नेस) बाट सम्मानित भएको छ।

त्यसैगरी ग्लोबल आईएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स, बेस्ट बैंक अवार्ड २०२४ बाट समेत सम्मानित भएको छ। विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डहरुमा ग्लोबल आईएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो र ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक समेत हो।

विश्वका ठूलाठूला बैंकहरुले समेत प्राप्त गरिरहेको सो सम्मान यस बैंकले प्राप्त गरेबाट बैंकको ब्यावसायिकतामा थप निख्खारताको साथै अन्तर्राष्ट्रिय छविमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिएका छौँ।

बैंकको क्रेडिट रेटिङ

मुलुकले अवलम्बन गरेको वित्तीय नीति बमोजिम समग्र कर्पोरट क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विकास गर्दै लैजान अन्तर्राष्ट्रियस्तरको ख्यातिप्राप्त मुडिज इन्भेस्टर सर्भिस (मुडिज)बाट यस बैंकको सार्वभौम साख मूल्यांकन (क्रेडिट रेटिङ) गराउने प्रकृया अगाडि बढाइएको छ।

बैंकका विभिन्न वित्तीय सूचक एवम् सुशासनको अवस्थाको मूल्यांकन गरेर गरिने सार्वभौम साख मूल्यांकन (क्रेडिट रेटिङ) बाट बैंकको अन्तर्राष्ट्रिय साख थप विस्तार हुने विश्वास लिइएको छ।  

एनएफआरएस १९ इम्प्लिमेन्टेसन सोलुसन कार्यान्वयनमा 

नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन, २०५३ बमोजिम नेपाल सरकारद्वारा गठित लेखामान बोर्डबाट जारी एकाउन्टिङ स्टान्डर्ड एनएफआरएस ९ एक्सपेक्टेड क्रेडिट लस सम्बन्धी व्यवस्थाको कार्यान्वयनको लागि नेपाल राष्ट्र बैंकबाट जारी एनएफआरएस ९ एक्सपेक्टेड क्रेडिट रिलेटेड गाइडलाइन्स २०१४ लागु गर्ने उद्देश्यले एनएफआरएस ९ इम्प्लिमेन्टसन सोलुसन खरिद गरी लागु गरिएको छ।

यसको कार्यान्वयनबाट बैंकको सम्पूर्ण विवरणहरु तथ्यमूलक र थप विश्वासयोग्य हुनेछ।

धेरै बिप्रेषण भित्र्याउने बैंक

आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै २१ दशमलव १ प्रतिशत विप्रेषण (रेमिट्यान्स) भित्र्याउने बैंकको रुपमा यस बैक सम्मानित भएको छ।

विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा पुर्‍याएको योगदानका लागि सो प्रशंसापत्र प्राप्त भएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

नेपाल राष्ट्र बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई सो सम्मान प्रदान गर्दै आएको छ।

ग्राहक सम्बन्ध

बैंकको ग्राहक सङख्यामा निरन्तर वृद्धि भइरहेको छ। हाल यस बैंकको निक्षेप ग्राहक सङख्या करिव ५० लाख भन्दा बढी पुगेको छ।

मर्जर तथा व्यवसायको निरन्तर विस्तारको कारण वृद्धि हुँदै गईरहेको बैंकको ग्राहक सङख्यामा निरन्तर वृद्धि कायम राख्दै सम्पूर्ण ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखी बैंकको ग्राहक सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने नीति बैंकले अबलम्वन गरेको छ।

कार्यालय सञ्जाल

ग्राहकको हितलाई ध्यानमा राख्दै सरल, सहज र बहुउपयोगी बैंकिङ सेवाहरु, राष्ट्रिय प्राथमिकताको क्षेत्रमा लगानी, वित्तीय पहुँच अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहेको जनाएको। बैंकको हाल मुलुकको सातवटै प्रदेशमा गरी ३५४ वटा शाखा ६८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन काउन्टर, २३७ वटा शाखारहित बैंकिङ सेवा, ३८४ वटा ए.टि.एम., विदेशस्थित भारतको नयाँ दिल्ली, संयुक्त अधिराज्य ९ग्प्० र अष्टे«लियामा समेत गरी ३ स्थानमा प्रतिनिधि कार्यालय समेत सञ्चालनमा रहेको छ।

औपचारिक र सहज बैंकिङ कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्ने अपेक्षा रहेको छ। बैंकले समग्रमा (शाखा, एटिएम, एक्सटेन्सन काउण्टर, सेवाकेन्द्र, विदेशस्थित प्रतिनिधि कार्यालय समेत) करिव ११०० सेवा केन्द्रमार्फत ५० लाखभन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ७ वटै प्रदेशमा बैंकको प्रादेशिक कार्यालय स्थापना गरी सो मार्फत सम्बन्धित प्रदेशका शाखाहरुको समन्वय, निरीक्षण र सहजीकरणको कार्य हुँदै आएको छ।

प्रविधि

आधुनिक समाज प्रविधि उन्मुख रहेको छ। कोभिड १९ ले आधुनिक नेपालको डिजिटल दुनियाँमा असाधारण फड्को मारेको छ र सोको प्रत्यक्ष प्रभाव सिङगो बैंकिङ क्षेत्रमा परेको छ। ग्राहकको प्रत्यक्ष उपस्थितिविना नै धेरै किसिमका सेवाहरु डिजिटलको माध्यमबाट उपलब्ध गराईरहेको र यस्तो सेवा अझ विस्तार गर्न बैंक कटिबद्ध रहेको छ।

बैकबाट उपलब्ध सबै किसिमको सेवालाई चुस्त, दुरुस्त एवम् पारदर्शी बनाउँदै सेवा प्रदायक र सेवाग्राही दुवैको समय र पैसा वचत गरी मानव संशाधनको लागत समेत घटाउँदै लैजाने नीति बमोजिम समीक्षा अवधिमा बैकले प्रविधिमा आधारित र स्वचालित कस्टुमर सेन्ट्रिक बीपीएम (बिजनेस प्रोसेस म्यानेजमेन्ट) सफ्टवेयर जडान गरी सफलतापूर्वक काम भईरहेको, कर्मचारीको प्रत्यक्ष संलग्नता विना नै नगद कारोवार हुने क्यास डिपोजिट मेसिन एवम् आउटवार्ड चेक एसेप्ट गरी क्लियरिङ मा पठाउने चेक डिपोजिटसहितको डिजिटल युनिभर्स  कमलादी लगायत अन्य विभिन्न शाखाहरुमा सञ्चालनमा ल्याइएको छ।

समीक्षा वर्षमा बैकिग सेवाका अत्यावश्यक उपकरणहरु, सफट्वेयर डाटा, नेटवर्क, तथ्य तथ्याङ्कहरुको साईवर सुरक्षासँग सम्बन्धित इन्डपोइन्ट सेक्युरिटी लाइसेन्स खरिद गरी कार्यान्वयनमा ल्याएको छ। बैंकको कल सेन्टर सोल्युसनलाई थप परिष्कृत गरिएको छ, हाल १८ घण्टा सञ्चालनमा रहेको यो सेवालाई २४ सै घण्टामा विस्तार गर्ने योजना रहेको छ।

जवाफदेही र उत्तरदायी बैंकिङ समाधानको लागि आर्टिफिसियल इन्टलिजेन्स प्रयोगमा ल्याएको छ। बैंकको सञ्चालन दक्षता अभिवृिद्धको साथै दोहोरिने कार्य न्यूनीकरणको लागि रोबोटिक प्रकृया स्वचालनको प्रयोग गरिएको छ। सोबाहेक बैंकको आन्तरिक प्रकृया छिटो र प्रविधिमैत्री बनाउन विभिन्न उपकरण विकास गरी कार्यान्वयनमा ल्याइएको छ, जसबाट बैंकको आन्तरिक काम कारोबारमा निपूर्णता आई सेवाको गुणस्तर समेत अभिवृद्धि भएको छ। 

मोबाइल बैंकिङ एप्लिकेसन (ग्लोबल स्मार्ट प्लस) को फिचर्सहरु अभिवृद्धि गरि थप सहज र परिस्कृत बनाइएको छ। 'फाइनान्सियल भर्सन १०' मा अपग्रेड गरिएको छ। एफआईयू रिक्वायरमेन्ट बमोजिमको फिचर्सहरु थप गरी कार्यान्वयनमा ल्याइएको छ। सार्वजनिक पहुँचमा रहने बैंकको आधिकारिक वेबसाइटलाई मोर्डन फिचरसहित अपग्रेड गर्ने काम भइरहेको छ।       

नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनको लागि बैंकले एएमएल सफ्टवेयर मार्फत ग्राहकको सूचना व्यवस्थापन, आवश्यक रिर्पोटिङका साथै शङकास्पद कारोबारको पहिचान तथा रिर्पोटिङ स्वचालित गर्दै आएकोमा यस कार्यलाई थप प्रभावकारी बनाउँदै लानेछौँ।

पछिल्ला दिनहरुमा देखिएका सूचना प्रविधि सम्बन्धी चुनौतीहरुलाई आत्मसात गरी भविष्यमा हुन सक्ने यस्ता घटनाहरुको सम्भाब्यतालाई पूर्व पहिचान गरी रोकथामका उपाय अपनाउने तर्फ बैंक सचेत रहेको छ। यसका लागि नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सूचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समूह (इन्फरमेसन टेक्नोलोजी इन्सिडेन्ड रेस्पोन्स टिम) परिचालन गरिएको छ।

सूचना प्रविधि पूर्वाधारको बिकास तथा मजबुतीकरण गरी बैंकिङ सेवालाई पूर्ण डिजिटलाईजेशन बनाउँदै लैजाने उदेश्यले सूचना प्रविधि लेखापरीक्षण (इन्फरमेसन सिस्टम अडिट) गर्ने कार्यलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिई बैंकको सूचना प्रविधिलाई अझ मजबुत बनाउने नीति रहेको छ।

राष्ट्रिय अर्थतन्त्रमा योगदान

राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्था तर्फ सबैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रुपमा नेपाल सरकार, आन्तरिक राजश्व विभागले ग्लोबल आईएमई बैकलाई सम्मानित गरेको छ। समीक्षा वर्षमा बैंकले नेपाल सरकारलाई संस्थागत आयकर र श्रोतमा कर कट्टी गरी ६ अर्ब भन्दा बढीको योगदान गरेको छ।

व्यावसायिक सेवा सञ्जालको विस्तारले छरिएर रहेको पुँजी सङकलन गरी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको छ। यसको अतिरिक्त नियमित र सेवा सम्झौता मार्फत ३,८०० जना भन्दा बढी नेपाली नागरिकहरुलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ।

सामाजिक उत्तरदायित्व

संस्थागत नागरिक (कर्पोरेसन सिटिजेन) हुनुको नाताले समाजप्रतिको जिम्मेवारीमा बैंक प्रतिवद्ध रहेको छ। सामाजिक परियोजना, वित्तीय साक्षरता, तोकिएको क्षेत्रमा प्रत्यक्ष अनुदान लगायत नेपाल राष्ट्र बैंकबाट तोकिएको क्षेत्रमा तोकिएको रकम खर्च गर्ने उद्देश्यले बैकले संस्थागत सामाजिक उत्तरदायित्व नीति नै कार्यान्वयना ल्याएको छ।

यस अवधिमा मिति २०८० कार्तिक १७ गते जाजरकोट/रुकुमपश्चिममा आएको विनासकारी भूकम्पमा परी धनजनमा भएको क्षतिलाई सहयोग गर्न प्रधानमन्त्री दैवीप्रकोप उद्धारकोषमा सक्दो सहयोग गरेको, फरक क्षमताका बालबालिकाको बौद्धिक, सामाजिक र भावनात्मक विकासमा प्रोत्साहित गर्ने उद्देश्यले सैनिक कल्याणकारी कोषबाट काठमाडौंँको छाउनीमा स्थापना भएको दिवा विद्यालयलाई, सामाजिक अन्याय र विभेद विरुद्धको लोकप्रिय टेलिभिजन कार्यक्रम ऐना सिजन २ लाई, महिला, जनजाति, अल्पसंख्यक पिछडिएको वर्ग वा समुदाय तथा द्वन्द्ध पिडित केन्द्रित वित्तीय सचेतना, मधेशका समसामयिक बिषय, सामाजिक घटना, बाल बिवाह, शिक्षामा पहुँच विस्तार, मिटरव्याज विरुद्धको अभियानको लोकप्रिय टेलिभिजन सो दलानलाई, राष्ट्रव्यापी वित्तीय सचेतना कार्यक्रमको लागि बैंकले सक्दो आर्थिक सहयोग गरेको छ। त्यसैगरी निशुल्क नारी स्वास्थ्य शिविर, शिक्षा, स्वास्थ्य, खेलकुद, महामारी नियन्त्रण, वातावरण संरक्षण लगायतको शीर्षकहरुमा समेत गरी आर्थिक वर्ष २०८०/८१ मा कुल ७ करोड १९ लाखको योगदान गरेको छ।

चालु आर्थिक वर्षमा नेपालका विभिन्न स्थानहरुमा बाढी पहिरोवाट धनजनको क्षति भएको सर्वविदितै छ। यसबाट समस्यामा परेका व्यक्तिहरुलाई केही हदसम्म भए पनि राहत प्रदान गरी मलम लगाउने हेतुले बैंकको तर्फवाट प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा चार करोड पचास लाख प्रदान गरिएको छ।

बैंकले प्रारम्भ गरेको साना व्यवसायी कर्जा, कृषि कर्जा तथा विपन्न वर्ग कर्जाले देशभरका साना तथा विपन्न वर्गलाई आर्थिक गतिविधिमा संलग्न गराई आर्थिक अवस्था उकास्न उल्लेख्य सहयोग पुगेको छ।

यसैगरी बैंकिङ पहुँच नभएका स्थानहरू पहिचान गरी शाखारहित बैंकिङ सेवामार्फत बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। नेपाल सरकारको यातायात कार्यालय, अध्यागमन विभाग, उद्योग विभाग, राहदानी विभाग, बैदेशिक रोजगार विभाग, ट्राफिक प्रहरी कार्यालय समेतबाट सर्वसुलभ ढङ्गले दस्तुर/कर सङकलन सेवा निशुल्क प्रदान गरी सरकारी राजश्व सङकलनमा सहयोग पुर्‍याउँदै आएका छौँ।

संस्थागत सुशासन

बैंकमा संस्थागत सुशासन कायम राख्ने विषयमा सञ्चालक समिति तथा व्यवस्थापन सदैव प्रतिबद्ध रहेको छ। बैंकको विस्तारित कारोबार तथा शाखा सञ्जाललाई दृष्टिगत गरी संस्थागत संरचनामा समय सापेक्ष परिवर्तन लगायत सुशासनमा पनि ध्यान केन्द्रित गर्दै आएका छौंँ। संस्थागत सुशासनको अन्तर्राष्ट्रिय मापदण्डहरु, असल अभ्यास लगायत अन्य मार्गदर्शनहरू समेत पूर्ण पालन गर्दै आएका छौंँ।

यसका साथै, सञ्चालक समितिका सबै सदस्यहरू एवं कर्मचारीहरूले नेपाल राष्ट्र बैंकबाट तोकिएको आचरण सम्बन्धी व्यवस्थाहरूको पूर्ण परिपालन गरिआएका छौँ। बैंकको विस्तारित व्यवसाय तथा अन्य सञ्चालन गतिविधिहरुको आधारमा आन्तरिक नियन्त्रण लगायत अन्य पक्षहरुको कार्यान्वयनलाई समय साक्षेप हुने गरी थप मजवुत बनाउनुका साथै कर्मचारीको कार्यक्षमता अझ  सवल बनाउनका लागि बैंकको सङगठन तालिका (अर्गनाइजेसन स्ट्रक्चर) तथा  पदाधिकारीहरु काम र जिम्मेवारीमा आवश्यकता अनुसार हेरफेर गरिँदै आएको छ।

बैंकको लेखापरीक्षण समितिले नियमित रुपमा सम्पूर्ण काम कारवाही अनुगमन गर्दै आएको छ र नेपाल राष्ट्र बैंकको नीति निर्देशनको परिपालन एवं बैंकको आन्तरिक कार्यप्रणाली तथा प्रक्रियाहरू पर्याप्त भए नभएको कुरालाई समेत सुनिश्चित गर्ने गरेको छ। बैंकको सम्पूर्ण काम कारवाहीहरूलाई पारदर्शी रूपमा सञ्चालन गरी मजबुत संस्थागत सुशासनको विकास गर्न बैंक सदा प्रतिवद्ध रहेको छ।

लाभांश बाँडफाँट 

आर्थिक वर्ष २०८०/०८१ समग्र बैंकिङ तथा वित्तीय क्षेत्रका लागि उत्साहप्रद रहन सकेन। पछिल्लो अवधिमा मुलुकको अर्थतन्त्रमा केहि सुधारका संकेत देखिएतापनि आर्थिक गतिबिधि र कर्जाको माग सोचे अनुरुप बढ्न नसकेकोले त्यसको असर प्रत्यक्ष रुपमा यस बैंकलाई पर्नु स्वभाविक रहन गयो।

विभिन्न व्यवसायमा परेको प्रतिकुल असरका कारण कर्जा असुलीमा केही सिथिलता आई कर्जा नोक्सानी वापतको रकम समेत बढेको, सेयर प्रिमियम तथा मर्जर वा प्राप्तिमा सेयर आदान प्रदानको भिन्नता रकमलाई आयको रुपमा गणना गरी यसै अवधिमा एकैपटक ठूलो रकम करको रुपमा नेपाल सरकारलाई दाखिल गर्नु पर्ने अवस्था परेकोले बैंकको वितरणयोग्य मुनाफामा प्रत्यक्ष असर पर्न गई गत वार्षिक साधारण सभामा व्यक्त गरे अनुरुप अपेक्षाकृत प्रतिफल वितरण गर्न सक्ने अवस्था नभएको जानकारी गराउन चाहान्छु। सोको बाबजुतपनि बैंकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट सेयरधनीहरुलाई बैंकको चुक्ता पुँजी   छत्तिस अर्ब बाह्र करोड सतासी लाख सत्तरी हजार दुईसय बाउन्नको ५.५ प्रतिशत अर्थात एक अर्ब अन्ठानब्बे करोड सत्तरी लाख बयासी हजार तीन सय त्रिसठ्ठी रुपैयाँ र पैसा छयासी लाभांश बोनस सेयरको रुपमा वितरण गर्न प्रस्ताव बैंकले गरेको छ।

चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस सेयर वितरण पश्चात् बैंकको चुक्ता पुँजी अड्तिस अर्ब एघार करोड अन्ठाउन्न लाख बाउन्न हजार छ सय पन्ध्र रुपैयाँ पुग्ने छ। यसबाट बैंकको पुँजीगत संरचना अझै सुदृढ भइ सम्बन्धित सबै पक्षको विश्वास बढ्ने तथा व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास लिएका छौँ।

उक्त बोनस सेयर वितरण गर्दा खण्डिकृत हुने सेयरलाई विगत वर्षमा झैँ यस वर्ष पनि खण्डिकृत सेयर पूर्णकृत नभए सम्म सम्बन्धित सेयरधनीकै नाममा यथावत राख्ने व्यवस्था मिलाइने छ।

आयकर ऐन, २०५८ अनुसार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्दा त्यस्तो मर्जर/प्राप्ति भएको दुई वर्ष सम्म लाभांश वितरण गर्दा मर्जर/प्राप्ति हुँदाको अवस्थामा कायम रहेका सेयरधनीहरुको हकमा करमा छुट प्राप्त गर्ने भएकोले (बैंकले गरेको पछिल्लो मर्जर २ वर्ष पूरा हुन बाँकी भएकाले) सोहीअनुसार एकीकृत कारोबारहरु गरेको मिति पश्चात् कायम हुन आएका सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्दा लाग्ने कर सम्बन्धित सेयरधनीहरुबाट लिइने प्रस्ताव बैंकले गरेको छ।


प्रकाशित : बिहीबार , पुस १८ २०८१११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend