शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा विशेष छुट

बिहीबार , माघ १० २०८१
कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा विशेष छुट

कुमारी बैंकका ग्राहकले लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका सेवाहरुमा विशेष छुट प्राप्त गर्नेगरी सम्झौता भएको छ।

काठमाडौं- कुमारी बैंक र पाल्पास्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार उक्त हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा कुमारी बैंकका ग्राहकले ओपीडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयु, शल्यक्रिया तथा एक्स-रे/युएसजीमा १० प्रतिशत, र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।


प्रकाशित : बिहीबार , माघ १० २०८१११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend