काठमाडौं- एमएडब्लूवृद्धिले माउन्टेन ईभी र टीएमवान उत्साहीहरूका लागि एक विशेष योजना ल्याएको छ। यो योजनाअन्तर्गत ग्राहकहरूले माउन्टेन ईभी र टीएमवान मोडेलहरूमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन्।
यस योजनामा माउन्टेन ईभीको लागि ९ लाख ९९ हजार रूपैयाँ र टीएमवानको लागि ५ लाख ९९ लाख रूपैयाँसम्मको डाउन पेमेन्ट पनि समावेश छ, जसले विद्युतीय सवारीसाधनको स्वामित्वलाई अझ पहुँचयोग्य र किफायती बनाउने कम्पनीको विश्वास छ।
साथै, ग्राहकले आर्थिक वर्ष २०८१/८२ को लागि एक वर्षको नि:शुल्क बीमा र सडक करमा छुटसहितका सुविधाहरूको फाइदा लिन सक्नेछन्।
घरमै सुविधाजनकरूपमा चार्जिङ गर्न उनीहरूले ७ किलोवाटको चार्जर पनि नि:शुल्क पाउनेछन्। यसमाथि अझै मूल्य थप्न यो योजनाले नि:शुल्क सामानहरूका साथै ग्राहकहरूले आफ्नो लगानीबाट अधिकतम मूल्य प्राप्त गर्ने टप-अपबेस्ट भ्यालुएसन बोनस पनि समेट्ने कम्पनीको भनाइ छ।
कम्पनीले नेपाली बजारको लागि विद्युतीय सवारीसाधनहरूलाई अझ पहुँचयोग्य र किफायती बनाउने लक्ष्य राखेको छ।
माघ १ गतेदेखि सुरु भएको यो अफर माघ ३० गतेसम्म उपलब्ध हुनेछ।